Headline

गम्भीर चोट बोके पछि साबित्रा लामो समय मैदान बाहिर

Published

on

राष्ट्रिय महिला लिगका दौरान घाइते भएकी साबित्रा भण्डारीको चोट गम्भीर भएको थाहा भएपछि उनी कम्तिमा एक बर्षको लागि मैदान बाहिर हुने भएकी छिन् ।

सोमबार नेपाल पुलिस क्लबबिरुद्धको खेलमा दायाँ घुँडामा चोट लागेपछि उनि दोस्रो हाफमा निक्लिएकी थिइन् । मंगलबार आएको रिपोर्टका अनुसार उनको घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यात्तिएको देखिएको छ ।

रिह्याबिलिटेसनमा नै कम्तिमा पनि ६ महिना लाग्ने भएकाले उनी कम्तिमा पनि एक बर्ष मैदान बाहिर रहने छिन् ।

साबित्राले जारी राष्ट्रिय महिला लिगको १० खेलमा ४३ गोल गरिसकेकी छिन् । एपिएफले लिग च्याम्पियन बन्न बुधबार विराटनगर विरुद्ध जित हासिल गरे पुग्नेछ । लिगको अन्तिम खेल भने शुक्रबार आर्मी र एपिएफबीच हुनेछ ।

Click to comment

Trending