Headline

भारतसँग इंग्ल्यान्डको लज्जास्पद हार

Published

on

घरेलु टोली भारतसँग दोश्रो टेस्टमा इंग्ल्यान्डले ३१७ रनको लज्जास्पद हारको सामना गरेको छ । जितका लागि ४८२ रनको विशाल लक्ष्य सहित ब्याटिङमा आएको इंग्ल्यान्डले चौथों दिनको दोश्रो सेसनमा नै आफ्ना सबै विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्दा ३१७ रनको फराकिलो हारको सामना गर्न पुगेको हो ।

पहिलो टेस्टमा २२७ रनको फराकिलो हारको सामना गरेको भारतले दोश्रो टेस्टमा जित निकाल्दा चार खेलको शृंखला १-१ को अवस्थामा पुगेको छ । त्यस्तै दोश्रो टेस्टमा जित निकाल्दा भारतले यसै बर्ष लर्ड्समा आयोजना हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने आशा पनि जीवित राखेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको शतक तथा अजिंक्य रहाने र विकेट किपर रिशब पन्तको अर्धशतकमा आफ्नो पहिलो परीमा ३२९ रन बनायो भने इंग्ल्यान्डलाई मात्र १३४ रनमा रोक्न सफल भयो । पहिलो पारीमा १९५ रनको अग्रता लिएको भारतले रविचन्द्रन अश्विनको शतक र कप्तान बिराट कोहलीको अर्धशतकमा २८६ रन बनाउँदा समग्रमा ४८१ रनको अग्रता लियो र इंग्ल्यान्डलाई ४८२ रनको लक्ष्य दियो ।

भारतको जितमा रोहित शर्माले पहिलो पारीमा बनाएको १६१ रन र दोश्रो पारीमा अश्विनले बनाएको १०६ रन महत्वपूर्ण रह्यो । त्यस् बाहेक रहानेको ६७, विकेट किपर पन्तको ५८ तथा कप्तान कोहलीको दोश्रो पारीको ६२ रनले पनि भारतको जितमा ठुलो भूमिका खेल्यो ।

बलिङ तर्फ भारतका अश्विनले पहिलो पारीमा तथा अक्सर पटेलले दोश्रो पारीमा समान ५-५ विकेट हात पारे भने पहिलो पारीमा इशान्त शर्मा र अक्सर पटेलले समान २-२ विकेट तथा अश्विनले दोश्रो पारीमा तीन विकेट आफ्नो नाममा दर्ता गराउन सफल रहे ।

इंग्ल्यान्डका ब्याट्सम्यानहरु मध्य कुनै पनि ब्याट्सम्यानले दुबै पारीमा अर्धशतक पनि बनाउन सकेनन् । उसका लागि दोश्रो पारीमा मोएन अलीले बनाएको ४३ रन नै सर्वाधिक रन रहन गयो । आक्रमक पारी खेलेका अलीले १८ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । त्यस बाहेक पहिलो पारीमा विकेट किपर बेन फोक्सले बनाएको अविजित ४२ रनको पारी खेले ।

Click to comment

Trending