Headline

१ हजार मिनेटपछि वेर्नरको गोल, चेल्सी चौथोमा उक्लियो

Published

on

टिमो वेर्नरले १४ खेलका खडेरीलाई तोड्दै एक गोल गर्नुका साथै एक असिस्ट गरेपछि चेल्सी इङ्गलिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।

सोमबार भएको खेलमा चेल्सीले रेलिगसेन जोनबाट एक स्थानमा मात्रै माथि रहेको न्युकासल युनाइटेडलाई २–० ले पराजित गर्यो । थोमस टुचेल व्यवस्थापक नियुक्त भएयता अपराजित रहेको चेल्सी शिर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा अझै ११ अंकले पछि रहेको छ ।

५३ अंक रहेको सिटीले एक खेल कम खेलेको छ । म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीको समान ४६ अंक छ भने चेल्सीले वेष्ट ह्याम युनाइेटडलाई एक स्थान पछाडी धकेलेको हो । वेष्ट ह्यामले पुछारको टोली सेफिल्ड युनाइटेडलाई ३–० ले हरायो । सोमबारको दुई परिणामपछि डिफेन्डिङ्ग च्याम्पियन लिभरपुल छैटौं स्थानमा झरेको छ ।

स्ट्यामफोर्ड ब्रिजमा वेर्नरको क्रस ओलिभर जिरुडलाई डिफ्लेक्ट भएपछि चेल्सीले ३१ औं मिनेटमा अग्रता लिएको थियो । ८ मिनेटपछि नै वेर्नरले नोभेम्बर ७ मा सेफिल्ड युनाइटेडबिरुद्धको ४–१ को जितपछि पहिलो गोल गरेका थिए ।

उनले प्रिमियर लिगमा ठ्याक्कै एक हजार मिनेटपछि पहिलो गोल गरेका हुन् भने यस क्रममा उनि सोमबार अघि ३० प्रहारमा असफल भएका थिए । जर्मन टोली आरबी लाइपजिगबाट हाइ–प्रोफाइल ट्रान्सफरको रुपमा चेल्सी आएका वेर्नर क्लबका लागि रचनात्मक रहेपनि गोल भने गर्न सकिरहेका थिएनन् ।

टुचेलको आगमनपछि चेल्सीले सम्भावित १५ मध्ये १३ अंक बटुलिसकेको छ । उसले २०१९ नोभेम्बर पछि पहिलो पटक लगातार चार खेलमा जित हात पारेको हो ।

Click to comment

Trending