Headline

अश्विनले ब्याटिङ्गबाट सम्हालेपछि भारत दोश्रो टेस्टमा जितको मुखमा

Published

on

रविचन्द्रन अश्विनले आफ्नो टेस्ट करिअरको मात्र चौथो शतक प्रहार गरेपछि भारत इङ्गल्याण्डबिरुद्ध दोश्रो टेस्टमा जित तर्फ अग्रसर भएको छ ।

चेन्नईमा भारतले इङ्गल्याण्डलाई ४ सय ८२ रनको किर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ भने अझै दुई दिनको खेल बाकी रहेको स्थितिमा इङ्गल्याण्डले ४ सय २९ रन बनाउनु पर्नेछ भने उसको मात्र ७ विकेट सुरक्षित रहेको छ । तेश्रो दिनको खेल समाप्त हुँदासम्म इङ्गल्याण्डले ५३ रनमा तीन विकेट गुमाइसकेको छ ।

स्पिनरलाई सुहाउदो पिचमा अक्सर पटेलले दुई र अश्विनले एक विकेट लिएका छन् । ड्यान लरेन्स १९ र कप्तान जो रुट दुई रनबाट चौथो दिनको खेल अघि बढाउनेछन् ।

यसअघि सोमबार ५४ रनमा एक विकेटको स्थितिबाट अघि खेल्न थालेको भारतले १ सय ६ रनमै ६ विकेट गुमाउन पुगेको थियो । तर अश्विनले कप्तान बिराट कोहलीसँग ९६ रनको साझेदारी गर्दै भारतलाई निकै बलियो अवस्थामा डोर्याएका थिए ।

कोहली ६२ रनमा मोइन अलिको बलमा एलबिडब्लु धरापमा परेका थिए । उनले १ सय ४९ बलको सामना गर्दै सात चौका प्रहार गरे । अश्विनले अन्तिम विकेटका लागि मोहम्मदा सिराज (१६) सँग पनि ४९ रन जोडेका थिए । मात्र १ सय ४८ बलको सामना गरेका अश्विनले १४ चौका र एक छक्काको मद्दतमा १ सय ६ रन बनाए ।

इङ्गल्याण्डका लागि ज्याक लिच र मोइन अलिले ४–४ विकेट लिए । भारतले पहिलो इनिङ्गसमा रोहित शर्माको शतकको मद्दतमा ३ सय २९ रन बनाउदै दोश्रो इनिङ्गसमा इङ्गल्याण्डलाई १ सय ३४ रनमै समेटेको थियो । पहिलो टेस्टमा जित हात पारेको इङ्गल्याण्डले श्रृंखलामा १–० को अग्रता लिएको छ ।

Click to comment

Trending