Headline

महिला लिग: वालिङलाई पराजित गर्दै बिराटनगर तेस्रो स्थानमा

Published

on

राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १-० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा विराटनगरको जितमा भारतीय खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन् ।

आशा कुमारीले खेलको ३५ औं मिनेटमा गोल गरिन् । उनले फ्रिकिकबाट गोल गरेकी थिइन ।

जितसँगै विराटनगरले १६ अंक जोडेको छ । विराटनगर लिगको तेस्रो स्थानमा उक्लिएको छ भने वालिङले १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

विराटनगर १० खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पुलिस पाँचौ स्थान झरेको छ ।

Click to comment

Trending