Headline

महिला लिग : एपिएफको संघर्षपुर्ण जित, पुलिस पराजित

Published

on

राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई हराउदै उपाधी नजिक पुगेको छ ।

सोमबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गर्दा एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो ।

पुलिसका अमृता जैशीले एक गोल फर्काएकी थिइन ।

प्रतिस्पर्धात्मक बनेको विभागीय डर्बीमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि सबै गोल दोस्रो हाफमा भएको थियो ।

खेलमा पहिलो गोल दोस्रो हाफमा एपीएफले अत्मघातिक गोलबाट अग्रता बनाएको थियो । ६८ औँ मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले आत्मघाती गोल गरिन् ।
तर, ७५ औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । अमृताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् । उनले गरेको प्राहर एपिएफकि गिता रानालाई डिफ्लेक्ट हुदै गोल भएको थियो ।

त्यसपछि खेलको ८५ औं मिनेटमा रबिनाले गोल गर्दै एपीएफलाई २-१ को जित दिलाईन् ।
जितसँगै एपीएफले अपराजित यात्रा कायम राखेको छ । र, एपीएफ उपाधि नजिक समेत पुगेको छ । एपीएफले १० खेलमा ३० अंक जोडेको छ । पुलिसले १० खेलमा १४ अंक जोडेको छ ।

एपिएफले लिगको पहिलो गोल समेत खाएको छ ।

Click to comment

Trending