Headline

महिला लिग: एपिएफ अपराजित, सबित्राको अर्को ह्याट्रीक

Published

on

राष्ट्रिय महिला लिग फुटबलमा एपिएफले वालिङ नगरपालिका स्याङ्जालाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

शनिबार भएको खेलमा एपिएफले वालिङ नगरपालिकालाई ६-० ले हरायो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ५ गोल गरिन् भने प्रिती राईले एक गोल गरिन ।

यो एपिएफको लगातार नवौं जित हो । जितसँगै एपीएफले ९ खेलमा २७ अंक जोडेको छ । एपीएफ अपराजित रहने एक्लो टिम हो ।

एपिएफले प्रतियोगितामा एक गोल पनि खाएको छैन ।

Click to comment

Trending