Headline

अर्जेन्टिनी हर्नान क्रेस्पो ब्राजिलियन क्लबका प्रशिक्षक नियुक्त

Published

on

ब्राजिलियन शिर्ष श्रेण्ीको क्लब साओ पाउलोले पुर्व अर्जेन्टिनी स्टार फुटबलर हर्नान क्रेस्पोलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

४५ बर्षिय क्रेस्पोले तीन हप्ता अगाडी मात्रै आफूले प्रशिक्षण दिएको सामान्य अर्जेन्टिनी क्लब डिफेन्सा वाइ जस्टिसियालाई कोपा सुडा अमेरिकानाको उपाधि दिलाएका थिए । चेल्सीका लागि इङ्गलिस प्रिमियर लिग तथा इन्टर मिलानसँगका तीन पटकका इटालियन सिरी आ बिजेता क्रेस्पोले दुई बर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

“उनको जित्ने इतिहास रहेको छ । उनी उत्कृष्ट एथ्लिट थिए भने उत्तिकै उत्कृष्ट प्रशिक्षक रहेको पनि साबित गरिसकेका छन् । हामीसँग जित्ने मानसिकता लिएर हिड्ने गरेका एक कमाण्डर छन्,” साओ पाउलोका अध्यक्ष जुलियो साजारेसले भने ।

ब्राजिलियन प्रथम श्रेणीबाट साओ पाउलो निरन्तर खराब प्रदर्शन गर्दै शिर्ष स्थानबाट झरेपछि क्लबले क्रेस्पोलाई घरेलु प्रशिक्षक फर्नान्डेजको ठाँउमा नियुक्त गरेको हो । पछिल्लो सात खेलमा साओ पाउलोले जित हात पार्न सकेको छैन् भने उसले व्यहोरेको चार हारमा एक उपाधिको अर्को प्रबल दाबेदार इन्टरनासियोनलसँग ५–१ को पराजय रहेको थियो ।

मात्र चार खेल बाकी रहँदा साओ पाउलो इन्टरनासियोनलभन्दा सात अंकले पछाडी रहेको छ भने कोपा लिबर्टाडोरेसको समुह चरणमा स्थान बनाउनका लागि उसले त्यही स्थानमा लिग सक्काउनु पर्नेछ ।

अर्जेन्टिनी टोली रिभर प्लेटबाट खेल्दै नाम कमाएका उनले त्यही क्लबका लागि १९९६ मा कोपा लिबर्टाडोरसका साथै दुई अर्जेन्टिनी लिग टाइटल पनि जितेका थिए । त्यसपछि उनी इटालियन क्लब पार्माबाट खेल्दै २००३ मा चेल्सी पुगेका थिए ।

Click to comment

Trending