Headline

महिला लिग: एपिएफको लगतार आठौँ जित, साबित्राको दोहोरो ह्याट्रीक

Published

on

राष्ट्रिय महिला लिग फुटबलमा एपिएफले चन्द्रपुर नगरपालिका रौटहटलाई पराजित गर्दै अपराजित यात्रालाई कायम राखेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बुधबार चन्द्रपुर नगरपालिकालाई ८-० गोलले पराजित गर्दै एपीएफले लगतार आठौँ जित निकालेको हो ।

एपीएफको जितमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।

जितसँगै एपीएफले ८ खेलमा २४ अंक जोडेको छ । चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ ।  चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।

Click to comment

Trending