Headline

पाँच स्टार क्रिकेटर जो डेब्यु खेलमा डक आउट हुन पुगे

Published

on

कुनै पनि खेलका खेलाडीलाई आफ्नो देशको जर्सी लगाएर खेल्ने ठुलो इच्छा हुन्छ । त्यसैले गर्दा पनि उनीहरुले जब देशको लागि पहिलो खेल खेल्ने अवसर प्राप्त गर्दछन् उनीहरु निकै नर्भस हुने गर्दछन् । यस्ता क्रिकेट खेलाडीहरु पनि छन् जसले आफ्नो डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो छाप छाड्न सके पनि पछि हराएर गएका छन् ।

तर हामी यस्ता ब्याट्सम्यानहरुको चर्चा गर्दै छौं जो आफ्नो डेब्यु खेलमा डक आउट अर्थात् रनको खाता नखोली आउट भए पनि पछि स्टार खेलाडी भएर आए ।

५. शिखर धवन

भारतीय क्रिकेट टोलीका आक्रमक ब्याट्सम्यान शिखर धवन अहिले आफ्नो टोलीको ब्याटिङ लाइन –अपको खम्बा नै मानिन्छन् । तर गब्बर उपनामले परिचित धवनको सुरुवात भने सुखद थिएन । सन् २०१० मा अष्ट्रेलिया विरुद्धमा आफ्ना ओपनरद्वय गौतम गम्भिर र वीरेन्द्र सहवागलाई विश्राम दिए पछि डेब्यु गर्ने मौका पाएका धवन दुई बल खेल्दै क्लिन्ट मकेको बलमा बोल्ड हुन पुगे ।

४. सुरेश रैना

भारतले पाएको राम्रो मध्यक्रमका ब्याट्सम्यान मध्ये एक हुन् सुरेश रैना । होचा कदका रैना उत्कृस्ट फिल्डिङ र आक्रमक ब्याट्सम्यानको रुपमा परिचित थिए । भारतले आफ्नै घरेलु भुमिमा सन् २०११ को विश्वकपको उपाधि चुम्दा उनले क्वार्टर फाइनल र सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

३. केन विलियमसन

न्युजिल्याण्ड क्रिकेट टोलीका कप्तान केन विलियमसन आधुनिक क्रिकेटका एक उत्कृष्ट ब्याट्सम्यानमा पर्दछन् । ३० बर्षिय विलियमसन आफ्नो डेब्यु खेलमा भने रनको खाता पनि खोल्न नसकी पेभिलियन फर्किएका थिए ।

सन् २०१० मा भारत, श्रीलंका र न्युजिल्याण्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलामा डेब्यु गर्ने मौका पाएका थिए । भारत विरुद्धको खेलमा चौथों नम्बरमा ब्याटिङ गर्न आएका उनीले नौं बल खेले पनि रनको खाता भने खोल्न सकेनन् । उनी प्रविन कुमारको बलमा बोल्ड आउट हुन पुगे ।

२. महेन्द्र सिंह धोनी

महेन्द्र सिंह धोनी उत्कृष्ट कप्तान मध्ये एक हुन् । उनी आफ्नो देशको लागि ट्वान्टी ट्वान्टी र एकदिवसीय विश्वकपका साथै च्याम्पियन्स ट्रफी जित्ने एक मात्र कप्तान हुन् । कप्तानका रुपमा मात्र नभएर धोनी एक उत्कृष्ट ब्याट्स्म्यान र विकेटकिपर पनि हुन् ।

तर तपाईलाई सुनेर अचम्म लाग्न सक्छ कि धोनी भारतको लागि एकदिवसीय खेलमा डेब्यु गर्दा डक आउट हुन पुगेका थिए । सन् २००४ मा बंगलादेश विरुद्धको तीन खेलको श्रृंखला अन्तर्गतको पहिलो एकदिवसीय खेलमा डेब्यु गरेका थिए ।

तर एक बल मात्र खेलेका धोनी रनको खाता पनि नखोली रन आउट हुन पुगे । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनी मोहम्मद कैफसँग रन लिने क्रममा तालमेल नमिल्दा रन आउट हुन पुगेका हुन् ।

१. सचिन तेन्दुलकर

’भगवान’ उपनामले परिचित सचिन तेन्दुलकर क्रिकेटले पाएको सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान हुन् । एक सय शतक तथा टेस्ट र एकदिवसीयमा सर्वाधिक रन बनाएका सचिन आफ्नो पहिलो खेलमा भने डक आउट हुन पुगेका थिए ।

सन् १९८९ मा पाकिस्तान विरुद्धको खेलमा एकदिवसीयमा डेब्यु गरेका सचिन पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । दुई बल मात्र खेलेका उनी रनको खाता नखोली पेभिलियन फर्किए ।

उनले भारतको तर्फबाट आफ्नो करिअर सन् २००५ मा श्रीलंका विरुद्ध एकदिवसीय शृंखलाबाट गरेका थिए । तर उनको प्रदर्शन बिर्सनलायक बन्यो । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका रैना मुथैया मुरलीधरनको बलमा एलबीडब्लुको धरापमा पर्दा गोल्डेन डक आउट हुन पुगे ।

 

Click to comment

Trending