Headline

महिला लिग: वालिङ माथी आर्मीको जित

Published

on

राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई २-० गोलले पराजित गरेको छ ।

मंगलबार भएको खेलमा आर्मीले स्याङ्जाको वालिङलाई २-० गोल अन्तरले पराजित गर्दा शर्मिला थापा र विमला चौधरीले एक एक गोल गरिन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको पहिलो मिनेटमै शर्मिलाको गोलबाट आर्मीले अग्रता बनाएको थियो ।

खेलको ४३ औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई २-० को जित दिलाईन् । जितसंँगै आर्मीले ८ खेलमा १९ अंक जोडेको छ । वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Click to comment

Trending