Headline

चौदण्डीगढी पराजित, आर्मीको ९ गोल

Published

on

त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९-० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् ।

यस्तै शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक एक गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

जितसंँगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ । चौदण्डीगढीको यो लगातार सातौं हार हो ।

Click to comment

Trending