Headline

इन्टर इटालियन सिरी आ को शिर्ष स्थानमा उक्लियो

Published

on

फियोरेन्टिनामाथि आफ्नो दबदबालाई कायमै राख्दै इन्टर मिलान इटालियन सिरी आ को शिर्ष स्थानमा उक्लिएको छ । अवे खेलमा इन्टरले मिड टेबलमा रहेको फियोरन्टिनामाथि २–० को जित हात पार्यो ।

इन्टर सबै प्रतियोगिता गरेर पछिल्लो १० खेलमा फियोरेन्टिनासँग पराजित भएको छैन । यद्दपि उसले फ्लोरेन्समा भने सात बर्षपछि फियोरेन्टिनामाथि जित हात पारेको हो । लिगमा इन्टरको २१ खेलबाट ४७ अंक छ भने एक खेल कम खेलेको शहरी प्रतिद्वन्दी एसि मिलानको ४६ अंक छ । आइतबार क्रोटोनेबिरुद्ध टुरिनमा जित हात पार्ने हो भने मिलान शिर्ष स्थानमा फर्कनेछ ।

आफ्नो प्रमुख मिडफिल्डरबिना मैदानमा उत्रेको फियारेन्टिनालाई इन्टरले प्रशिक्षक एन्टोनियो कोन्टे टच लाइन ब्यानका कारण उपस्थित नहँुदा पनि दवाबमा राख्न सफल भएको थियो । ३१ औं मिनेटमा निकोलो बरेलाले लामो दुरीको प्रहार गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए भने असरफ हकिमीले हाफ टाइम शुरु भएको सात मिनेटपछि इभान पेरिसिचका लागि सहज गोलको अवस्था सृजाना गरिदिएका थिए ।

फियोरेन्टिनाले अझै धेरै गोल खाने थियो तर उसका गोलकिपर बरेला, हकिमी, पेरिसिच र लौटारो मार्टिनेजको प्रहारहरुलाई उत्कृष्ट ढँगले बचाउ गरेका थिए ।

इन्टरले अब आउने साता लाजियोको सामना गर्नेछ भने फेब्रुवरी २१ को डर्बि भिडन्तमा दुई मिलान टोली भिड्ने छन् । शनिबारको खेलमा युभेन्टसले तेश्रो स्थानको एएस रोमाको सामना गर्नेछ ।

Click to comment

Trending