Headline

बायर्नलाई बुन्डेसलिगमा १० अंकको फराकिलो अग्रता

Published

on

हर्था बर्लिनलाई १–० को सांघुरो अन्तरले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको शिर्ष स्थानमा १० अंकको फराकिलो अग्रता बनाएको छ ।

बर्लिनमा लगातार हिमपात भइरहेको रातमा बायर्नले धेरै गोल गर्न नसकेपछि खेल अवधिभर हर्थामाथि हावी भएको थियो । १२ औं मिनेटमै रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्न चुक्दा हर्थाले राहतको सास फेरेको थियो ।

९ मिनेटपछि नै थोमस मुलरको पासमा किँग्स्ले कोमनको प्रहार डिफ्लेक्ट हुदै पोस्टको दिशा लिएपछि लगातार ८ पटकको बुन्डेसलिगा बिजेताले अग्रता लिएको थियो । त्यसपछि बायर्नले दवाब कायम राखेपनि गोल गर्न भने सकेन । हर्थाका लागि माथिउस कुन्हाले गोल गर्ने मौका गुमाएका थिए ।

२० खेलपछि बायर्नको ४८ अंक रहेको छ भने दोश्रो स्थानमा रहेको आरबी लाइपजिगको १९ खेलबाट ३८ अंक छ । उल्फ्सबर्गको ३५ र फ्रांकफर्टको ३३ अंक रहेको छ । गत सिजन दोश्रो स्थानमा सक्काएको डर्टमण्ड छैटौं स्थानमा छ । बायर लेभरकुसनसँगै समान ३२ अंक रहेको डर्टमण्ड गोल अन्तरको आधारमा पछाडी रहेको छ ।

हर्था भने गोल अन्तरले मात्र रेलिगेसन जोन बाहिर रहेको छ । आर्मिनया बिलेफिल्ड र हर्थाको समान १७ अंक छ । बिलेफिल्डले एक खेल कम खेलेको छ ।

बायर्नले सोमबार नै हुने क्लब बिश्वकप सेमिफाइनलमा कतारी क्लब अल अह्लीको सामना उसको घरेलु मैदानमा गर्दैछ । अह्लीमाथि जित हात पार्ने हो भने बायर्न ९ महिनामा छैटौं उपाधिको नजिक पनि पुग्नेछ ।

Click to comment

Trending