Headline

कप्तान रुटको शतकमा भारत विरुद्ध इंग्ल्यान्डको राम्रो सुरुवात

Published

on

कप्तान जो रुटको अविजित शतक तथा डोम सिब्लीको अर्धशतकको मद्धतमा घरेलु टोली भारत विरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्डले राम्रो सुरुवात गरेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो दिनको खेलको समाप्तीमा ८९ दशमलब तीन ओभर खेलल्दै तीन विकेटको नोक्सानीमा २६३ रन बनाएको छ ।

इंग्ल्यान्डको तर्फबाट आफ्नो एक सयौं खेलमा कप्तान जो रुट १२८ रनमा अविजित रहेका छन् । टेस्ट क्रिकेटमा २० औं शतक प्रहार गरेका रुटले १९७ बल खेल्दै १४ चौका र एक छक्का प्रहार गरे । २५ दशमलब चार ओभरमा ६६ रनको अवस्थामा दुई विकेट गुमाएको इंग्ल्यान्डको पारी सम्हाल्ने क्रममा रुटले ओपनर सिब्लीसँग मिलेर तेश्रो विकेटका लागि २०० रनको साझेदारी गरे । शतक बनाउन चुकेका सिब्लीले २८६ बलको सामना गर्दै १२ चौका सहित ८७ रन बनाए ।

इंग्ल्यान्डका अर्का ओपनर रोरी बर्न्स ६० बल खेल्दै ३३ रनमा आउट भए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका ड्यान लरेन्स पाँच बल खेल्दै रनको खाता नखोली पेभेलियन फर्किए ।

भारतका तिब्र गतिका बलर जस्प्रित बुम्राले सर्वाधिक दुई तथा वाशिंगटन सुन्दरले एक विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

Click to comment

Trending