Headline

मेहिदी हसन बलबाट चम्के पछि वेस्ट इन्डिज विरुद्ध हाबी बंगलादेश

Published

on

आफ्नो पहिलो पारीमा शतक प्रहार गरेका मेहिदी हसन बलबाट पनि चम्के पछि घरेलु टोली बंगलादेश वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा हाबी भएको छ ।

बंगलादेशले आफ्नो पहिलो पारीमा बनाएको ४३० रन पक्ष्याएको वेस्ट इन्डिजले आफ्नो पहिलो पारीमा २५९ रन बनाउँदा आफ्ना सबै विकेट गुमाए पछि १७१ रन पछि पर्यो । आज नै दोश्रो पारी सुरु गरेको बंगलादेशले दिनको खेलको समाप्तीमा तीन विकेटको नोक्सानीमा ४७ रन बनाएको छ र २१८ को अग्रता लिन सफल भएको छ ।

तेश्रो दिनको खेल दुई विकेटको नोक्सानीमा ७५ रनको अवस्थाबाट सुरु गरेको वेस्ट इन्डिजले १८४ रन जोड्दा आफ्ना सबै विकेट गुमाउन पुग्यो ।

वेस्ट इन्डिजलको अगि कप्तान तथा ओपनर क्रेग ब्राथवैटले सर्वाधिक ७६ रन बनाए भने जर्माइन ब्ल्याकउडले ६८ रनको पारी खेले । त्यस्तै विकेट किपर जोशुवा डा सिल्भाले ४२ तथा कायल मायर्सले ४० रनको योगदान दिए ।

बंगलादेशका मेहिदी हसन मिर्जाले सर्वाधिक चार विकेट हात पारे भने मुस्तफिजुर रहमान, तैजुल इस्लाम र नईम हसनले समान दुई-दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि बंगलादेशको तर्फबाट हसनले १०३ रन बनाए भने शकिब अल हसनले अनि ६८ रनको योगदान दिए । टेस्टमा आफ्नो पहिलो शतक प्रहार गरेका हसनले १६८ बल खेल्दै १३ चौका प्रहार गरे ।

बंगलादेशका अन्य ब्याट्सम्यानहरुमा शदमान इस्लामले ५९, नज्मुल होसेन श्यान्टो २५, कप्तान मोमिनुल हक २६, मुश्फिकर रहिम र विकेट किपर ब्याट्सम्यान लिटन दासले समान ३८ – ३८ रनमा आउट भए ।

वेस्ट इन्डिजका जोमेल वारिकनले सर्वाधिक चार विकेट हात पारे ।

Click to comment

Trending