Headline

पन्जाब तेस्रो स्थानमा, किरणको अर्को क्लिनशिट

Published

on

कोलकतामा जारी हिरो आइ लिगमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेमजोङ आवद्ध राउन्ड पन्जाबले यस सिजनको दोस्रो जित निकालेको छ । कल्याणी रङ्गशालामा भएको खेलमा टिडिम रोड एथ्लेटिक युनियन (टराउ) एफसीलाई २-० ले पराजित गर्दै पन्जाबले जित निकालेको छ ।

पन्जाबका लागि दुवै गोल भुटानी खेलाडी चेन्चो ग्याल्सियनले गरे । चेन्चोले पहिलो हाफको ४२ औँ मिनेटर दोस्रो हाफको ६४ औँ मिनेटमा दुई गोल गरेका थिए ।

किरणले भने पन्जाबका लागि धेरै बचाउ गर्नु परेन । खेलको ३४ औँ , ५४ औँ र ८७ औँ मिनेटम टराउले गरेको प्रहारलाई किरणले आरामले बचाएका थिए ।

जितसँगै आठ अंक रहेको पन्जाब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा १२ अंक सहित चर्चिल ब्रदर्स र ९ अंक सहित रियल कस्मिर दोस्रो स्थानमा रहेका छन् ।

Click to comment

Trending