Headline

१५ बर्षिय अर्जुन पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

Published

on

गण्डकी प्रदेशका १५ बर्षीय अर्जुन कुमाल पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्न सफल भएका छन् । हालै काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कपमा उत्कृस्ट प्रदर्शन गरेका कुमाल सहित ३२ जना खेलाडीको नाम नेपाल क्रिकेट संघले आज सार्वजनिक गरेको हो ।

क्यानले आगामी मार्चमा नेपाल सहित आयोजक ओमान र अमेरिका सम्मिलित विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । पहिलो चरणको बन्द प्रशिक्षणका लागि क्यानले २१ जना खेलाडीलाई बोलाएको छ ।

पहिलो चरणमा कुमाल बाहेक पृथु बास्कोटा, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, ललित राजवंशी,पवन सर्राफ, सौरभ खनाल, सुशान भारि, आशिफ शेख, हरि शंकर साह, कृष्ण कार्की, बिक्रम सोब, शाहब आलम, सुनिल धमला, विवेक यादव, खडक बोहरा, राजेश पुलामी मगर, सन्दिप जोरा, कुशल भुर्तेल, राम नरेश गिरी र अनुज चुनारा रहेका छन् । पहिलो चरणको बन्द प्रशिक्षण माघ २४ गतेबाट सुरु हुनेछ ।

त्यस्तै अन्य खेलाडीहरुमा शरद भेषवाकर, सोमपाल कामी,विनोद भण्डारी, अविनाश बोहरा, कुशल मल्ल, पारस खड्का, आरिफ शेख, करण केसी, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने रहेका छन् ।

Click to comment

Trending