अन्तर्राष्ट्रिय

डेक्कन विरुद्ध सोमपालको घातक बलिङ

Published

on

आबु धाबी टि-१० लिग अन्तर्गत डेक्कन ग्ल्याडिएटर्स विरुद्धको खेलमा घातक बलिङ गरेका छन् । दुई ओभर बलिङ गरेका सोमपालले १२ रन खर्चिएर दुई विकेट हात पारेका हुन् ।

मराठा अरबियन्सको लागि छैठौं ओभर लिएका सोमपालले आफ्नो पहिलो ओभरमा मात्र दुई रन खर्चिएर दुई विकेट हात पारे भने दोश्रो ओभरमा दुई चौका सहित १० रन खर्चिए ।

आफ्नो पहिलो ओभरको पहिलो बल डट बल गरेका सोमपालले दोश्रो र तेश्रो बलमा समान १-१ रन दिन पुगे । आफ्नो चौथों बलमा १६ बलमा ३५ रन बनाएका प्रशान्त गुप्ताको विकेट लिएका हुन् । त्यस्तै पाँचौं बलमा डट बल गरेका सोमपालले आफ्नो अन्तिम बलमा १६ बाल नै खेलेर २८ रन यासिर कलिमलाई पेभेलियनको बाटो देखाए ।

उनले आफ्नो दोश्रो ओभरको पहिलो र दोश्रो बलमा लगातार दुई चौका खाए भने तेश्रो र छैठौं बलमा १-१ सिंगल तथा चौथों र पाँचौं बलमा डट बल गरे ।

Click to comment

Trending