अन्तर्राष्ट्रिय

मेहिदी हसनको शतकमा वेस्ट माथि बंगलादेश हाबी

Published

on

आठौं नम्बरमा ब्याटिङ गर्न आएका मेहिदी हसनले शतक प्रहार गरे पछि वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो पहिलो पारीमा घरेलु टोली बंगलादेश हाबी भएको छ ।

आफ्नो पहिलो पारीमा १५० दशमलब दुई ओभर खेल्दै सबै विकेट गुमाएर ४३० रनको विशाल योगफल बनाएको बंगलादेशले दोश्रो दिनको खेलको समाप्तीमा वेस्ट इन्डिजलाई ७५ रनमा दुई विकेटको अवस्थामा राख्न सफल भएको छ ।

दिनको खेलको समाप्तीमा वेस्ट इन्डिजका कप्तान तथा ओपनर क्रेग ब्राथवैट ४९ तथा एनक्रुमाह बोन्नर ७ रनमा अविजित रहेका छन् । अर्का ओपनर जोन क्याम्पबेल तीन तथा शायने मोसेली दुई रनमा आउट हुन पुगे ।

बंगलादेशका मुस्तफिजुर रहमानले दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

बंगलादेशको तर्फबाट हसनले १०३ रन बनाए भने शकिब अल हसनले अनि ६८ रनको योगदान दिए । टेस्टमा आफ्नो पहिलो शतक प्रहार गरेका हसनले १६८ बल खेल्दै १३ चौका प्रहार गरे ।

बंगलादेशका अन्य ब्याट्सम्यानहरुमा शदमान इस्लामले ५९, नज्मुल होसेन श्यान्टो २५, कप्तान मोमिनुल हक २६, मुश्फिकर रहिम र विकेट किपर ब्याट्सम्यान लिटन दासले समान ३८ – ३८ रनमा आउट भए ।

वेस्ट इन्डिजका जोमेल वारिकनले सर्वाधिक चार विकेट हात पारे ।

Click to comment

Trending