Headline

अर्को ठुलो किर्तिमान तोड्ने संघारमा कोहली

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली अर्को ठुलो किर्तिमान आफ्नो नाममा लेखाउने संघारमा रहेका छन् । कोहली कप्तानका रुपमा धेरै शतक प्रहार गर्ने किर्तिमानको संघारमा रहेका हुन् ।

अहिले कप्तानका रुपमा धेरै शतक प्रहार गर्ने सुचीमा कोहली अष्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङसँगै पहिलो स्थानमा रहेका छन् । इंग्ल्यान्ड विरुद्ध भोलीबाट सुरु हुने टेस्टका क्रममा तीन अंकमा रन जोड्न सकेमा कोहलीले पोन्टिङलाई पछि पार्दै आफ्नो नाममा किर्तिमान लेखाउने छन् ।

कोहली र पोन्टिङ दुबैको नाममा कप्तानका रुपमा ४१-४१ शतक रहेको छ । सन् २०१९ को नोभेम्बरमा बंगलादेश विरुद्धको टेस्टमा शतक प्रहार गरे पछि कोहलीले पोन्टिङको किर्तिमानको बराबरी गरेका थिए ।

टेस्टमा २७ शतक प्रहार गरेका कोहलीले कप्तानका रुपमा २० शतक तथा एकदिवसीयमा ४३ शतक मध्य उनले कप्तानका रुपमा १४ शतक आफ्नो नाममा लेखाएका हुन् ।

सन् २०२० मा कोहलीले एक पनि शतक प्रहार गर्न सकेनन् । घरेलु टोली अष्ट्रेलिया विरुद्धको दोश्रो एकदिवसीय खेलमा ८९ तथा पहिलो टेस्टमा ७४ रन बनाएर पेभेलियन फर्किएका कोहली किर्तिमान आफ्नो नाममा लेखाउन असफल भएका थिए । पहिलो टेस्ट पछि सुत्केरी बिदामा भारत फर्किएका कोहली घरेलु मैदानमा सुरु हुने इंग्ल्यान्ड विरुद्धको शृंखलामा उक्त किर्तिमान आफ्नो नाममा गराउने दाउमा हुनेछन् ।

 

Click to comment

Trending