Headline

सिटीको प्रिमियर लिगमा लगातार १३ औं जित

Published

on

लगातार १३ खेलमा जित हात पार्दै म्यानचेस्टर सिटीले इङ्गलिस प्रिमियर लिगमा आफ्नो दाबेदारीतालाई अभै बलियो बनाएको छ ।

बुधबार भएको खेलमा सिटीले बर्नलीलाई २–० ले हराउदै अंक तालिकामा तीन अंकको स्पष्ट अग्रतालाई कायमै राख्यो । एक खेल हातमै रहेको सिटीको २१ खेलबाट ४७ अंक छ भने दोश्रो स्थानको म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४४ ।

बुधबार नै ब्राइटनसँग डिफेन्डिङ्ग च्याम्पियन लिभरपुल १–० ले स्तब्ध भएपछि सिटीलाई थप सहज भएको हो । लिभरपुल २२ खेलबाट ४० अंक जोड्दै चौथो स्थानमा झरेको हो । अर्को खेलमा फुलह्यामलाई २–० ले हराउदै लेस्टर सिटी भने ४२ अंकका साथ तेश्रो स्थानमा उक्लिएको छ ।

वेष्ट ह्याम भने एस्टन भिल्लालाई ३–१ ले पराजित गर्दै पाचौं स्थानमा कायमै रह्यो । २० खेलमात्र खेलेको एभर्टन लिड्समाथि २–१ को महत्वपूर्ण जित हात पार्दै शिर्ष चार स्थानको दाबेदारीमा कायमै रहेको छ । छैटौं स्थानमा उक्लिएको एभर्टनको ३६ अंक छ र अबको दुई खेलमा जित निकाल्न सक्ने हो भने उ दोश्रो स्थानसम्म उक्लन सक्छ ।

एक दिन अघि म्यानचेस्टर युनाइटेडले साउथ्याम्प्टनलाई ९–० ले ध्वस्त बनाएपछि दवाब सिटीमा थियो । तर २०२१ यता उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको सिटीलाई बर्नलीबिरुद्ध जित निकाल्न कुनै कठिनाई भएन ।

अवे खेलमा ग्याब्रियल जिजसले तेश्रो मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा रहिम स्टर्लिङ्गले गोल गरेपछि सिटी पहिलो हाफमै २–० को अग्रता लिन सफल भयो । त्यसपछि बर्नलीलाई फराकिलो अन्तरको हार नब्यहोर्ने नै प्रमुख हुन पुग्यो । बर्नलीले कुनै पनि समय सिटीलाई दवाबमा राख्न सकेन ।

Click to comment

Trending