Headline

सफल पोखरा म्याराथन फागुन एक गते

Published

on

भूतपूर्व खेलाडी महासंघले फागुन १ गते सफल पोखरा म्याराथन गर्ने भएको छ ।

फुल म्याराथनमा कम्तिमा पनि एक सय पचास जनाको सहभागिता रहने सक्ने अपेक्षा गरिएको छ भने महिला हाफ म्याराथनमा पचास जनाको सहभागिता हुन सक्ने आयोजकले जनाएका छन् ।

वातावरणीय दृष्टिकोणलाई ध्यानमा राख्दै साइक्लिस्टहरुले धावकहरुलाई फलो गर्नेछन् । भूतपूर्व खेलाडी मन्चका अध्यक्ष तेज गुरुङ्गका अनुसार म्याराथनको स्वामित्य पोखरा महानगरपालिकाले ग्रहण गरेको छ ।

फुल म्याराथनको बिजेताले दुई लाख नगद पाउने छन् भने दोस्रो, तेश्रो तथा चौथो स्थान हात पार्ने खेलाडीहरुले क्रमश: एक लाख, पचहत्तर हजार र पच्चिस हजार प्राप्त गर्नेछन् । महिलाको शिर्ष चार स्थान हात पार्ने खेलाडीहरुले एक लाख, पचहत्तर हजार, पचास हजार र पन्ध्र हजार प्राप्त गर्नेछन् ।

कोभिडको संक्रमणले निम्त्याएको परिस्थितिलाई ध्यानमा राख्दै यस पटक व्हिलचेयर, दृष्टिबिहिन, दश किलोमिटर र पाँच किलोमिटरका दौडहरु भने बिभिन्न मितिमा बैसाख चार गतेसम्म समाप्त गरिनेछ ।

Click to comment

Trending