Headline

प्रिमियर लिगमा अहिलेसम्म भएका ९ गोलका बिध्वन्सात्मक नतिजाहरु

Published

on

इङ्गलिस प्रिमियर लिग दुनियाकै सबैभन्दा प्रतिस्पर्धात्मक मात्र नभई अनपेक्षित लिगहरुमध्ये पनि पर्दछ । शिर्ष स्थानमा रहेका टोलीदेखि मिड टेबल र रेलिगेसनको दाबेदार टोलीहरु पनि फराकिलो अन्तरको हार व्यहोरिरहेका हुन्छन् । यो सिजनको शूरवातमा डिफेन्डिङ्ग च्याम्पियन लिभरपुलले एस्टन भिल्लासँग ७–२ को नमिठो हार व्यहोरेको थियो ।

यसरी स्तब्ध हुने लिभरपुल एक मात्र ठूलो टोली होइन । म्यानचेस्टर यनाइटेड, म्यानचेस्ट सिटी र चेल्सीले पनि ठूलो टिम बनिसकेपछि बिशाल अन्तरको पराजय व्यहोरेका छन् । मङ्गलवार भने युनाइटेडको दिन थियो । उसले ओल्ड ट्राफोर्डमा साउथ्याम्प्टनमाथि ९–० को जित हात पार्यो ।

तर अचम्म ९ गोलको नतिजा प्रिमियर लिगमा पहिलो पटक भइरहेको होइन । यसअघि पनि प्रिमियर लिगमा टिमहरुले तीन पटक ९ गोल गर्दै खेल आफ्नो पक्षमा पारेका छन् । जानौं ती तीन खेलहरुका बारेमा ।

साउथ्याम्प्टन ०–९ लेस्टर सिटी (२०१९)

मङ्गलवाल ओल्ड ट्राफोर्डमा उत्रदा साउथ्याम्प्टनका खेलाडीहरुको दिमागमा ९ गोलको हार अझै पनि ताजै थियो । उसले त गत सिजनमात्रै लेस्टर सिटीको हातबाट आफ्नै घरेलु मैदानमा ९–० को लज्जास्पद हार व्यहोरिसकेको थियो । उसको लागि यो नजित कुनै नौलो थिएन, कारण युनाइटेड पनि लेस्टरसँगै यो सिजन उपाधिको प्रबल दाबेदार हो ।

ओल्ड ट्राफोर्डमा जस्तै साउथ्याम्प्टनले लेस्टरबिरुद्ध खेलको शुरुवातमै डिफेन्डर रायन बट्र्रान्डलाई गुमाउन पुगेको थियो । बट्र्रान्डको फउलपछि बेन चिल्वेलले १० औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि आयोजे पेरेज र जेमि भार्डीले ह्याट्रिक पुरा गरेका थिए भने युरी टिएल्सम्यान्स र जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई प्रिमियर लिग इतिहासकै सबैभन्दा फराकिलो अवे जित दिलाएका थिए ।

टोटेन्ह्याम ९–१ विगन (२००९)

स्ट्राइकर जर्मेन डिफोले दोश्रो हाफमा मात्रै उक्त खेलमा पाँच गोल गरेका थिए । यस क्रममा उनले त्यति खेरको प्रिमियर लिग इतिहासको सबैभन्दा छिटो समयको ह्याट्रिक पुरा गर्ने किर्तिमान बनाएका थिए । उनले सात मिनेटमै तीन गोल गरेका थिए ।

एलन सियरर र एन्डी कोलपछि डिफो प्रिमियर लिगको एकै खेलमा पाँच गोल गर्ने दोश्रो खेलाडी बनेका थिए । आरोन लेनन, पिटर क्राउच, डेभिड बेन्ट्ली र निको क्रान्जकारले पनि १–१ गोल गरेपछि ह्वाइट हार्ट लेनको प्रदर्शन विगनका लागि बिर्सनलायक र स्पर्सका लागि सम्झनयोग्य बनेको थियो ।

म्यानचेस्टर युनाइटेड ९–० इप्सिविच टाउन (१९९५)

युनाइटेडका लागि ९–० गोलको जित नयाँ होइन । यो त उसले २५ बर्ष अघिको इतिहास दोहोर्याएको मात्रै हो । यस्तो लाग्छ उसले इप्सिवचमाथिको त्यो जितको रजत बर्ष मङ्गलवार ओल्ड ट्राफोर्डमै मनाएको हो ।

एन्डी कोलले पाँच गोल गरेपछि त्यो समय युनाइटेडले आफ्नो १ सय ३ बर्षको इतिहासमा सबैभन्दा ठूलो जित निकालेको थियो । मार्क ह्युजेजले दुई गोल गरेपछि युनाइटेडले पहिलो हाफमै ६ गोल गरेको थियो । त्यो सिजन पुछारमा अन्त्य गर्दै रेलिगेट भएको इप्सिविचबिरुद्ध एलेक्स फर्गुसनको टोलीका लागि पउल इन्स र रोय किनले पनि १–१ गोल गरेका थिए ।

इप्सिविचमाथिको कठोर जितका बावजुद यनाइटेडले त्यो सिजन ब्ल्याकबर्न रोभर्सलाई थोरै अंकले मात्रै उपाधि सुम्पिएको थियो ।

Click to comment

Trending