Headline

लेभरकुसन जर्मन कपमा चौथो श्रेणीको टोलीसँग स्तब्ध

Published

on

गत सिजनको उपबिजेता बायर लेभरकुसन जर्मन कपमा चौथो श्रेणीको टोली रट–वेस एसेनसँग पराजित हुदै जर्मन कपबाट बाहिरिएको छ ।

निर्धारित समय गोलरहित बराबरीमा टुँगिएपछि एसेनले २० मिनेटको अतिरिक्तसमयमा उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगिताको क्वार्टर–फाइनलमा स्थान बनाएको हो ।

बुन्डेसलिगमा यो सिजन शिर्ष तीन स्थानको लागि दाबेदारी दिइरहेको लेभरकुसनले जमाइकन फुटबलर लियोन बेलीले १ सय ५ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । लगत्तै ओगुजान केफ्किरले गोल गरेपछि एसेनले बराबरी गरेको थियो ।

२०२० को फेब्रुवरी १ देखि अपराजित रहेको एसेनका लागि सिमोन एन्गेलम्यानले १ सय १७ औं मिनेटमा गोल गर्दै प्रतियोगिताकै सबैभन्दा तल्लो श्रेणीको क्लबलाई सनसनीपूर्ण जित दिलाएका थिए । यसअघि एसेनले आर्मिनिया बिलेफिल्ड र दोश्रो श्रेणीको फोर्चुना डुसेलडर्फलाई पनि स्तब्ध बनाएको थियो ।

एसेनले दोश्रो बिश्वयुद्धपछि १९५२–५३ को सिजनमा सुचारु भएको जर्मन कपको उपाधि जितेको थियो ।

अर्को खेलमा डर्टमण्डले दुई गोलको अग्रतालाई खेर फाल्दै पेडरबर्नसँग निर्धारित समयमा २–२ को बराबरी गरेपनि एक्ट्रा टाइमको पाचौं मिनेटमा एर्लिङ हालन्डले उसलाई बचाएको थियो ।

एमरी च्यान र जेडन सान्चोले डर्टमन्डको लागि पहिलो हाफमा गोल गरेका थिए तर जुलियन जस्टभान र प्रिन्स ओसेउ आउसुले गोल गर्दै पेडरबर्नलाई खेलमा फर्काएका थिए । अर्को खेलमा वेर्डर ब्रेमनले ग्रुथतर फुवेर्थलाई २–० ले हरायो ।

Click to comment

Trending