Headline

साबित्राको १२ गोलमा एपिएफको फराकिलो जित

Published

on

नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा ठूलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् ।

यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक एक गोल रह्यो ।

एपीएफले ६ खेलमा १८ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ ।

चौदण्डीको यो लगातार छैटौं हार हो । अंक विहीन रहेको चौदण्डीगढी पुछारमा रहेको छ ।

Click to comment

Trending