Headline

मेस्सीले बढी पैसा लिएका होइनन्, उनी यसको हकदार नै हुन्

Published

on

दिमाग खेलाएर एकै छिन सोच्दै एउटा एक्सपेरिमेन्ट नै गरौं ।

यदि बार्सिलोनाले एक बर्षमा एक बिलियन डलरभन्दा बढी बनाउछ भने त्यो पैसा कसलाई जान्छ ? खेलाडी अथवा कार्यसमिति सदस्य ? क्लबको कुनै मालिक नभएकोले के नाफा लिनै नपाउने बोर्ड सदस्यहरुले लिन पाउछन् ?

पक्कै पनि पाउने खेलाडीहरुले नै हो ।

र फुटबलले जन्माएको अहिलेसम्म कै उत्कृष्ट खेलाडी जसले गाडी भरिने गरि ट्रफि जिताएका छन्, एकपछि अर्को गर्दै गोल गर्ने किर्तिमान भँग गरेका छन्, टिम खस्कदै गएको स्थितिमा पनि भ्वाँग टाल्दै सम्हालेका छन् उनले सबैभन्दा ठूलो भाग पाउने अधिकार हुदैन ? त्यो पनि टोलीका अन्य सदस्यले सामान्य प्रदर्शन गरिरहदा पनि ८ डिजिटको तलब लिइरहेको स्थितिमा ?

लियोनल मेस्सीले हाल दाबी भइरहेको चाहिने भन्दा बढी तलब लिने गरेको सम्झौताको एक–एक पैसाको असली हकदार हुन् ।

आइतबार स्पेनिस पत्रिका एल मुन्डोले यसै सिजनको अन्त्यमा सकिने उनको चार बर्षे सम्झौताको बिवरण लिक गरिदियो । र क्लबले पनि स्विकारिसकेको मेस्सीले पाउने तलबको आँकडा हेर्ने हो भने साच्चै सबै स्तब्ध हुन्छन् ।

नोभेम्बर २०१७ मा गरिएको पछिल्लो सम्झौता अनुसार मेस्सीको तबल बोनस सहित गरेर प्रत्येक बर्ष १ सय ६७ मिलियन डलर रहेछ । सम्झौता बोनसको १ सय ४० मिलियन डलर र लोयल्टी बोनसको ५ सय ९५ मिलियन डलर गर्दा मेस्सीले चार बर्षको सम्झौता अनुसार ९ सय ३ मिलियन डलर र कर काटेर ८ सय ५० मिलियन डलर लिने रहेछन् ।

मेस्सीलाई यो रकम तिरिरहदा क्लबले आलोचनात्मक प्रतिकृयाहरु पाउन थालेको छ । एक खेलाडीले कसरी यति धेरै पैसा कमाउन सक्छन् ? जब बार्सिलाना संघर्ष गर्दै छ भने मेस्सीले आफ्नो बाल्यकालदेखि कै क्लबबाट कसरी यति धेरै पैसा लिन सक्छन् ?

एल मुन्डोले मेस्सीको तलब बिवरण सार्वजनिक गर्दै पत्रिकामा जस्तो हेडलाईन राख्यो त्यो धेरैलाई धोका दिने किसिमको छ । मेस्सीको राजकीय सम्झौताले बार्सिलोनालाई ध्वस्त बनाउदै छ, एल मुन्डोले हेडलाईनमा लेखेको छ । एल मुन्डोले नै खुलाशा गरेको बार्साको १ दशमलव ५ बिलियन डलरको ऋणले मेस्सीको बिश्व किर्तिमानी तलबलाई पनि छायामा पार्छ । बिश्व किर्तिमानी यस कारण की मेस्सी संसारको कुनै पनि क्षेत्रमा यति धेरै मुल्यमा अनुबन्धित हुने एक मात्र कर्मचारी हुन सक्छन् ।

र यसै कारण पनि २० बर्षको क्लब करिअरमा अर्जेन्टिनी सुपरस्टार मेस्सी आर्थिक रुपले बिक्षिप्त बनेको टोलीको लागि भार भएको निष्कर्षमा पुग्ने लोभ्याउन सक्छ ।

कुनै पनि एजेन्सीको संलग्नता नरहेपनि बार्सिलोनाले आफ्नै इच्छामा २०१३, २०१४ र २०१७ मा मेस्सीको सम्झौतालाई नविकरण गरेको हो । गत बर्ष त मेस्सी सम्झौताको अन्तिम बर्षबाट टाढिदै क्लब छोड्ने कदम चाल्न पनि पुगिसकेका थिए तर बार्साले उनको क्लजको मिति सक्किसकेको भन्दै कानुनको सहारा लिने धम्की दिएको थियो । मेस्सी बस्नै बाध्य भए ।

यदि उनको तलब नै अहिलेको बार्सिलोनाको हालतको कारण हो भने किन क्लबले उनले जान खोजेको समयमा जान दिएन ? अथवा मेस्सीलाई बेचेकै भएपनि बार्सिलोनाले प्रशस्त पैसा कमाउने थिएन ?

२०१९–२० मा बार्सिलोनाले कमाएको एक बिलियन डलरको ७४ प्रतिशत रकम खेलाडीहरुको तलबमा खर्च गर्नु मेस्सीको गल्ति थिएन । जबकी ला लिगाले नै भएको आम्दानीबाट ७० प्रतिशतसम्म तलबसम्म दिन सकिने लिमिट राखेको छ भने आर्थिक रुपमा स्वस्थ क्लबका लागि ५० प्रतिशत पनि समझदारीपूर्ण निर्णयको रुपमा लिइने गरेको छ ।

बार्षिक तलबमध्ये मेस्सीले पाँच भागसम्म पाउन सक्छन् तर उनका अन्य केही बार्सिलोनाका खेलाडी साथीहरु बिश्वकै सबैभन्दा बढी रकम पाउने खेलाडीहरुको रुपमा रहेका छन् ।  कोरोना भाइरसको महामारीको शुरुवातमा मेस्सीले क्लबलाई आर्थिक रुपले जोगाउन र कर्मचारीहरुको जागिर बचाउन ७० प्रतिशतसम्मको तलब नलिने समेत निर्णय गरेकै हुन् ।

यदि पैसा त्यही छ र मुख्यत खेलाडीलाई नै जान्छ भने यसको सबैभन्दा ठूलो भाग मेस्सी नभएर अरु कोही हकदार होलान् र ? मेस्सीको नाममा ६ बालोन डि ओर, १० स्पेनिस ला लिगा र ४ युएफा च्याम्पियन्स लिगको उपाधि मात्र रहेको होइन । उनले त बर्षौदेखि बार्सिलोनालाई प्रतिस्पर्धात्मक राख्दै खस्कनबाट बचाउदै आएका छन् ।

पछिल्लो एक दशकमा जाभी, आन्द्रेस इनिएस्टा, ड्यानी आल्भेस, नेमार र लुइस सुवारेजजस्ता खेलाडीहरु आए, खेले, सन्यास दिए वा क्लब छोडेर गए । उनकै समकालीन सर्जियो बुस्केट्स र जेरार्ड पिके अझै पनि छन् तर उनीहरु पहिलेको जस्तो छैनन् ।

बार्साको लागि लामो समय खेल्दै गर्दा उनलाई सपोर्ट दिनसक्ने खेलाडीहरु पनि कमजोर देखिन थालेका छन् । जब उनी बार्साको सिनियर टोलीको लागि पहिलो पटक खेल्दै थिए त्यो समयमा रोनाल्डिन्हो, स्यामुएल एटो र डेको जस्ता खेलाडी थिए भने जाभी र इनिएस्टाको उपस्थितिमा टिम पूर्ण थियो ।

त्यो कालखण्डदेखि अहिलेसम्म आइपुग्दा घरेलु लिगमै पनि बार्साको लागि दुर्घट्ना निम्तिएको छैन । मेस्सी यसको लागि धन्यवादका पात्र हुन् ।

बिगतमा जस्तो अहिले बार्सिलोनाको खेलमा नियन्त्रण नगरेपनि उनी खेल्ने सुचिमा रहदा क्लबका लागि जित्ने प्रमुख आशाको रुपमा रहने गरेका छन् । ३४ बर्ष लाग्नै लाग्दा यो सिजन दुई वटा चोट बोकिसेपनि मेस्सीले ला लिगामा गरेका ११ गोल बार्साका अर्का महँगा खेलाडी एन्टोइन ग्रिजमनले गरेको भन्दा दुई गुणा बढी हो ।

मेस्सीले क्बललाई दिने गरको ब्राण्ड भ्याल्यु, मचेन्डाइज व्यापार र टेलिभिजन रेटिङ्गको तुलनामा हेर्ने हो भने पनि उनको आफ्नै प्रदर्शनले पनि खासै महत्व राख्दैन । कैयौं अर्थशविदहरुले मेस्सीको तलबबाट बार्साले नाफा गर्नुको कारण उनले पार्ने गरेको प्रायोजन सम्झौतामा असर, टुरको कमाइ र नगद पुरस्कार रहेको बताउछन् ।

एक तथ्यांकले मेस्सीले बार्सिलोनाको झण्डै ३० प्रतिशत आम्दानीमा प्रभाव पार्ने गरेको देखाएको छ । यदि यो साँचो हो भने उनले पाउने गरेको तलब हरेक हिसाबले अर्थपूर्ण छ । हालको अवस्थालाई पछाडी राख्दै एक दशकदेखि बार्सिलोनाको आर्थिक अवस्था सुदृढ बन्नुको मुख्य कारण लियोनल मेस्सीको नाम नै हो ।

Click to comment

Trending