Headline

नेमार आफू पिएसजी मै बस्ने, एमबाप्पे पनि बसेको हेर्न चाहन्छन्

Published

on

फ्रेञ्च स्टार किलियन एमबाप्पे पनि क्लबमै बस्ने आशा राख्दै ब्राजिलियन सुपरस्टार नेमारले आफू पनि पेरिस सेन्ट जमाईनमै बस्ने बताएका छन् ।

हालको सम्झौता २०२२ को अन्त्यमा समाप्त हुने बिषयमा क्लबको भविष्यलाई लिएर क्लब बोर्डसँग छलफल चलिरहदा २८ बर्षिय नेमारले आफू फ्रेञ्च महारथीसँगै बस्ने बताएका हुन् । “म अहिले निकै खुशी छु । यहाँ धेरै कुराहरु परिवर्तन भएका छन्,” टिएफवानलाई एक अन्तर्वार्ता दिदै नेमारले भनेका छन् । “किन म भन्न सक्दिन तर मलाई पिएसजीमा बस्दा निकै आनन्द आएको छ । म यहा शान्त र खुशी छु । म पिएसजीमै बस्न चाहन्छु ।”

बार्सिलोनाबाट संसारकै सबैभन्दा महँगो २ सय ६९ मिलिनय डलरमा ट्रान्सफर भएका नेमारले आइतबार दुई गोल गरेपनि पिएसजी फ्रेञ्च लिग वानमा लोरिएन्टसँग ३–२ ले स्तब्ध भएको थियो । यो नयाँ प्रशिक्षक मउरिसियो पोचेटिनाको आगमनपछि पिएसजीको पहिलो हार थियो ।

लगातार रियल म्याड्रिडसँग नाम जोडिदै आएपनि गत महिना आफूलाई सोच्नको लागि समय चाहिएको बताएका एमबाप्पे पनि पिएसजीमै बसेको नेमार चाहन्छन् । “म आशा गर्छु किलियन पनि यही बस्नेछन् । यो सबै समर्थकहरुको इच्छा पनि हो । हामी पेरिस महान टिम भएको हेर्दै यहाँ खेलिरहन र खुशी हुन चाहन्छौं,” नेमारले थपे ।

एमबाप्पेले यो सिजन सबै प्रतिस्पर्धाहरु गरेर पिएसजीका लागि १६ गोल गरिसकेका छन् भने चोटका कारण धेरै खेल खेल्न नसकेपनि नेमारले १३ गोल आफ्नो नाम लेखाएका छन् । “हाम्रो सम्बन्ध दाजुभाईको जस्तो छ । म ठूलो दाई जस्तो हु र उनीसँगै खेल्दै उनको सबैभन्दा उत्कृष्ट निकाल्न चाहन्छु,” नेमारले २२ बर्षिय एमबाप्पेबारे भने ।

नेमारको पछिल्लो अभिव्यक्ति किन पनि महत्वपूर्ण रुपमा हेरिएको छ भने उनले केही महिनाअघि बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोन मेस्सी पनि सँगै खेल्ने र पिएसजीबाटै खेल्ने बताएका थिए । उनले उक्त अभिव्यक्तिलाई आफूले भन्देको मात्रै हो भनेर टार्न खोजेपछि गत सिजन बार्सिलोना छोड्ने संघारमा पुगेका मेस्सी पिएसजीसँगै जोडिएका थिए ।

Click to comment

Trending