Headline

महिला लिग: बिराटनगरलाई हराउदै आर्मी दोस्रो स्थानमा

Published

on

राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले बिराटनगरलाई ७-० ले हराएको छ ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै बिमला चौधरीले दुई गोल गर्दा रश्मी घिसिङ र बिमला बिकले एक एक गोल गरिन् ।

जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा आर्मी यो तेस्रो जित हो ।

आर्मीले ५ खेलमा १० अंक जोडेको छ । विराटनगर ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Click to comment

Trending