Headline

कतारसँगको ट्वान्टी ट्वान्टी शृंखला रद्द

Published

on

नेपालले कतारसँग खेल्ने भनेको तीन खेलको शृंखला रद्द भएको छ । कतारमा कोरोना भाइरसका कारण नयाँ नियम लागु हुने भए पछि नेपालले गर्ने कतार भ्रमण रद्द हुन पुगेको हो ।

यस अघि कतारमा पिसीआर रिपोर्ट नेगेटिभ भए मात्र पुग्ने नियम रहेको भए पनि पछिल्लो समय क्वारेन्टिन लगायत अन्य नियम पनि लागु हुँदा नेपालको भ्रमण रद्द भएको हो । यस बारेमा कुरा गर्दा नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुरेलले पनि भ्रमण रद्द भएको पुष्टि गरे ।

उनले क्रिकेटिंङनेपालसँग कुरा गर्दै अहिले कतार क्रिकेट संघले नै हालको लागि रद्द गर्दै अर्को उपयुक्त समय मिलाएर शृंखला आयोजना गर्ने आफुहरुलाई जानकारी दिएको जनाए ।

उनले भने, ‘कतारमा कोरोनाका कारणकतार सरकारले नयाँ नियम लागु गर्दा अहिलेको लागि शृंखला स्थगित हुन पुगेको हो । समय कम भएका कारण पनि क्वारेन्टिन बस्नका लागि समय अभाब भए पछि यो शृंखला अहिलेको अगि स्थगित हुन पुगेको हो ।’

‘आयोजकबाट नै स्थगित गर्ने भने पछि हामीले गर्न सक्ने केहि रहेन । उताबाट फेरी क्यानसँगको सरसल्लाहमा नयाँ मिति घोषणा गर्ने भन्ने कुरा आएको छ । त्यसका लागि पनि समय नै लाग्ने छ ।’

केहि दिन अघि मात्र फेब्रुवरी ९ देखि १२ सम्म कतारमा हुने ट्वान्टी ट्वान्टी श्रृंखलाका लागि कप्तान ज्ञानेन्द्र मल्ल सहित सिनियर खेलाडीहरुलाई बिश्राम दिंदै क्यानले युवा खेलाडीहरुको नवावाली सार्वजनिक गरेको थियो ।

Click to comment

Trending