Headline

सम्झौता लिक गरिदिए पछि पत्रिकालाई मुद्दा हाल्दै मेस्सी र बार्सिलोना

Published

on

बार्सिलोना र लियोनल मेस्सी बिच २०१७ मा भएको चार वर्षिय सम्झौता पत्र लिक गरेको आरोपमा स्पेनिस पत्रिका एल मुन्डोलाई मुद्दा हालिने भएको छ ।

गएको आईतबार सम्झौता पत्रलाई पत्रिका छापेको एल मुन्डोलाई मेस्सी र बार्सिलोना दुवैले मुद्दा हल्न लागेका हुन् । सम्झौता पत्र ६ सय ४७ मिलियन डलर भएको र यो रकम कुनै पनि खेलको खेलाडीले पाएको सबै भन्दा धेरै रकम भएको दाबी गर्दै एल मुन्डोले छापेको थियो ।

एल मुन्डोले सम्झौता पत्र लिक गरेर विश्व भरी तहल्का पिटीसके पछि केही घण्टा पनि नबित्दै बार्सिलोनाले बयान पत्र निकाल्दै सबै सम्झौता पत्र लिक भएको अस्विकार गर्दै एल मुन्डो विरुद्ध गलत भ्रम फैलाएको र गोप्यता भङ्ग गरेको मुद्दा हाल्ने पनि बताएको थियो ।

बयानमा लेखिएको छ: “बार्सिलोना र लियोनल मेस्सी बिच भएको सम्झौता लिक भएकोमा क्लब निकै पछुताएको छ । पत्रीका एल मुन्डोले छापेको सम्झौता बारे क्लब गम्भिर रहेको छ भने क्लबले गोपनीयता भङ्ग गरेकोमा एल मुन्डो विरुद्ध मुद्दा हाल्ने छ।”

अमेरिकी खेलकुद समाचार च्यानल इएसपीएन अनुसार मेस्सीको सम्झौता पत्र मेस्सी, ला लिगा, बार्सिलोना र मेस्सीको कानून फर्मसँग मात्रै रहेको छ ।

मुद्दा बाहेक २०२० को समर विन्डोमा बार्सिलोना छोड्ने संघारमा रहेका मेस्सीले आईतबार मात्रै एथलेटिक बिल्बाओलाई २-१ ले हराउदा उत्कृष्ट प्रदर्शन गरेका थिए । दुई हप्ता अघि सुपर कपको हार पछि बिलबाओ बिरूद्ध रेड कार्ड खाएका मेस्सीले यो खेलमा भने आफ्नो बाया खुट्टाको ट्रेड मार्क गोल गरेका थिए ।

Click to comment

Trending