Headline

प्रकाश बुढाथोकी भारतको आई लिग खेल्ने

Published

on

नेपाली मिडफिल्डर प्रकाश बुढाथोकीले भारतीय शिर्ष डिभिजनको आइ लिग खेल्ने भएका छन् ।

पुर्व थ्री स्टार र न्यु रोड टिमका मिडफिल्डर प्रकाशलाई नेरोका एफ सिले अनुबन्ध गरेको हो । नेरोका एफसी यो सिजन सुरु भईसकेको आइ लिगमा १० औँ स्थानमा रहेको छ ।

प्रकाश नेपाली गोलरक्षक किरण चेमजोङ पछि यो सिजन आइ लिग खेल्ने दोस्रो नेपाली हुन् । अर्का खेलाडी अभिषेक रिजाललाई मोहमदन स्पोर्टिङले आबद्ध गराए पनि आइ लिग भने खेल्न बोलाएको छैन ।

प्रकाश सोमबार भारत जाँदै छन् भने क्वारेनटाइन पनि बस्दै छैनन् । कोलकातामा जारी आइ लिगमा नेरोका एफ सी बुधबार मोहम्मदनविरुद्ध खेल्दै छ ।

प्रकाशले आशाम र गुवाहाटीमा भएको बार्हौ दक्षिण एसियाली खेलकुदमा भारत बिरुद्ध फ्री किक मार्फत दर्शनीय गोल गरेका थिए ।

Click to comment

Trending