Headline

पुलिस दोस्रो स्थामा, चन्द्रपुरको अर्को हार

Published

on

राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले चन्द्रपुरलाई ३-१ ले हराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खलमा पुलिसका लागि निर्मला बिक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गरिन् ।

चन्द्रपुरका लागि भने सबिता राना मगरले एक गोक गरेकी थिइन ।

खेमा पुलिसका लागि २७ औं मिनेटमा निर्मलाले गोल गरेकी थिइन।

खेलको ३९ औं मिनेटमा पुलिसको गोलरक्षक सपना राईको गल्तीमा चन्द्रपुरले बराबरी गोल फर्कायो । सबिताले गरेको हेडिङलाई पुलिसकि किपरले जज गर्न नसक्दा गोल खान पुग्यो ।

दोस्रो हाफमा भने पुलिसले दुई गोल गर्यो । ५० औँ मिनेटमा पुलिसले २-१ को अग्रता बनायो । पुलिसका लागि निरु थापाले गोल गरिन

त्यसपछि खेलको इन्जुरी समयमा अनुष्काले गोल गर्दै पुलिसलाई ३-१ को जित दिलाईन् । परिवर्तित खेलाडी अनुष्काले रेखाले मिलाएको पासलाई सदुपयोग गरिन् ।

जितसंगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले ५ खेलमा ८ अंक जोडेको छ । छैटौं स्थानको चन्द्रपुरले ५ खेलमा ३ अंक जोडेको छ ।

Click to comment

Trending