Headline

को–को भए प्रधानमन्त्री कपका उत्कृष्ट

Published

on

नेपाल एपिएफ क्लबका तिब्र गतिका बलर कमल सिँह ऐरि प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका छन् ।

कमलले प्रतियोगिता अवधिभर १० विकेट लिएका थिए । गण्डकीबिरुद्ध चार विकेट ११ रनको उत्कृष्ट प्रदर्शन गरेका उनले ३ दशमलव ४१ को इकोनोमीमा रन दिएका थिए । यस्तै पृथु बास्कोट उत्कृष्ट ब्याट्स्म्यान घोषित भए ।

निकै लयमा देखिएका पृथुले पाँच खेलमा २ सय १६ रन बनाएका थिए । उनको नाममा दुई अद्र्धशतक रहेको थियो । यस्तै त्रिभुवन आर्मी क्लबका बलर शाहब आलम उत्कृष्ट बलर घोषित भए । उनले पाँच खेलबाट १२ विकेट लिएका थिए ।

त्यस्तै प्रदेश २ का बिबेक यादव उदीयमान खेलाडी घोषित भए । बिबेकको पनि प्रतियोगितामा दुई अद्र्धशतक रहेको थियो ।

Click to comment

Trending