Headline

एपिएफको अपराजित यात्रा कायमै, साबित्राको दुई गोल

Published

on

नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई ३-० गोलले पराजित गर्दै लगतार जित निकालेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन भने प्रीती राईले एक गोल गरिन ।

वालिङले खेलमा एपिएफलाई राम्रो डेफेन्सिभ खेल खेलाएको थियो ।

खेलको १३ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो ।

पहिलो हाफमा १-० ले अघि रहेको एपिएफले दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको ७१ औं मिनेटमा प्रितीले गोल गर्दा एपीएफ २-० ले अघि रह्यो । त्यसपछि खेलको ७४ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को जित दिलाए ।

जितसँगै एपीएफले ५ खेलमा १५ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।

वालिङ ५ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Click to comment

Trending