Headline

चौदण्डीगढी नगरपालिकालाई हराउदै बिराटनगर तेस्रो स्थानमा

Published

on

विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा चौदण्डीगढी नगरपालिकालाई हराउदै दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन अनु राईले दुई गोल गरिन् ।

यस्तै ईमा राई, मनिषा थापा मगर, कुशुम खतिवडा र पार्वती घलेले एक एक गोल गरिन् ।

जितसँगै विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ । विराटनगर तेस्रो स्थानमा उक्लिएको छ । चौदण्डीगढिको यो लगातार चौंथो हार हो ।

४ खेलमा अंक विहीन चौदण्डीगढी अंंक तालिकाको पुछारमा रहेको छ ।

Click to comment

Trending