Headline

अविनाश बोहोराको उत्कृष्ट बलिङ्ग, आर्मीले एपिएफलाई दियो २ सय १२ रनको लक्ष्य

Published

on

अविनाश बोहोराले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिएपछि नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २ सय ११ रनमै रोकेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो फिल्डिङ्ग रोजेको एपिएफले आर्मीको टप अर्डर माथि अंकुश लगाउदै उसलाई ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ११ रनमा रोकेको थियो । करण केसी, सोमपाल कामी र कुशल मल्ल अनुपस्थित रहेपनि बलियो देखिएको आर्मीको बलिङ्गसामु भने एपिएफिको लागि यो चुनौतिपूर्ण योगफल नै हो ।

स्पिनर सुशन भारीलाई ओपनिङ्गमा पठाँउदै अनौठो प्रयोग गरेको आर्मीले ४७ रनमा तीन विकेट गुमाएको थियो । हरि बहादुर चौहान र रोहित कुमार पौडेल (१३) सँग ३९ रन जोडे पनि आर्मी सहज स्थितिमा थिएन । उसले रोहित र कप्तान बिनोद भण्डारी (७) को विकेट गएपछि आर्मीले १ सय ७ रनमा पाँच विकेट गुमाएको थियो ।

राजेश पुलामी मगरले त्यसपछि हरिसँग ४४ रनको साझेदारी गरेका थिए । छरितो रन बनाउने क्रममा राजेशले २९ बलमा २८ रन बनाए । उनले दुई चौका र एक छक्का हिर्काए । नवौं ओभरमा प्रवेश गरेका हरिले निकै सुस्त खेल्दै १ सय २ बलमा ५२ रन बनाएका थिए । ६ चौका प्रहार गरेका हरि अविनाशको बलमै आउट भएका थिए ।

आफ्नो शुरुवाती ७ ओभरमा मात्र ६ रन खर्चर्दै दुई विकेट लिएका अविनाशले खतरा देखिन सक्ने लोकेश बमको पनि विकेट लिएका थिए । लोकेशले ९ बलमा दुई छक्का प्रहार गर्दै १५ रन बनाए । अविनाशले १० ओभरमा मात्र २५ रन खर्चदै दुई मेडनका साथ चार विकेट लिएका थिए ।

आर्मीलाई २ सय रन कटाउने काम बिक्रम सोब (११) र साहब आलमले गरे । साहबले १४ बलमा दुई चौका र एक छक्काको मद्दतमा नटआउट २५ रन बनाए । अविनशा बाहेक किशोर महतोले पनि दुई विकेट लिएका थिए भने कमल सिँह ऐरि, भुवन कार्की र कप्तान शरद भेषावकरले पनि १–१ विकेट लिएका थिए ।

Click to comment

Trending