Headline

न्युजिल्याण्ड मिडफिल्डर सरप्रित सिँह बायर्न म्युनिख फर्किए

Published

on

जर्मनीको दोश्रो श्रेणीको क्लब नुरेम्बर्गसँग लोन अवधि छोटो बनाइएपछि न्युजिल्याण्ड मिडफिल्डर सरप्रित सिँह च्याम्पियन्स बिजेता टोली बायर्न म्युनिख फर्किएका छन् ।

गत सिजन २१ बर्षिय सिँह जर्मन बुन्डेसलिगा खेल्ने पहिलो र एक मात्र भारतीय मुलका खेलाडी बनेका थिए । अकल्याण्डमा जन्मिएका सिँहलाई गत जुलाईमा पुरै सिजन लोनमा खेल्नका लागि नुरेम्बर्ग पठाइएको थियो । तर पहिलो टोलीमा स्थान बनाउन समेत नसक्दा उनले पहिलो १८ मध्ये मात्र पाँच खेलमा शुरुवात गरेका थिए ।

बायर्न र सरप्रितसँगको सहमतिपछि यो कदम लिनु हामी सबैको लागि उचित भएको लागेको छ, नुरेम्बर्गका स्पोर्टिङ्ग डिरेक्टर डेइटर हेकिङ्गले भने ।

यसबाहेक न्युजिल्याण्डको राष्ट्रिय फुटबल टोलीका सदस्यको लोन अवधि किन घटाइएको भन्ने बारे क्लबले खुलाएको छैन ।

२०१९ को जुलाई सिँह अष्ट्रेलियन ए–लिग टोली वेलिङ्गटन फिनिक्सबाट बायर्नको बैकल्पिक टोलीमा आएका थिए तर उनलाई प्रशिक्षक ह्यान्सि फ्लिकले सिनियर टोलीमा प्रमोट गरेका थिए ।

Click to comment

Trending