Headline

ज्ञानेन्द्र र पारसलाई कतार शृंखलाका लागी बिश्राम, दिपेन्द्रले कप्तानी गर्ने

Published

on

कप्तान ज्ञानेन्द्र मल्ल र पुर्व कप्तान पारस खड्काले अर्को महिनाको दोश्रो साता कतारमा हुने ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाका लागि बिश्राम लिने भएका छन् ।

दुई अनुभवि खेलाडीको अनुपस्थितिमा दिपेन्द्र सिंह ऐरीले कप्तानी गर्नेछन् ।

नेपाल क्रिकेट संघलाई कतारको स्पोर्ट्स डेको अवसरमा दुई देशबीच अन्तर्राष्ट्रिय श्रंखलाको निमन्त्रणा आएको थियो । नेपालले त्यसलाई स्विकारेपछि दुई देशबीच फेब्रुवरी ९ देखि १२ सम्म श्रृंखला हुने भएको हो । उत्तम कर्माचार्यको संयोजकत्वमा रहेको राष्ट्रिय क्रिकेट टिम छनोट समितिले क्यानलाई राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट खेलाडीको नामावली पठाइसकेको छ ।

राष्ट्रिय टोलीका एक सदस्यका अनुसार ज्ञानेन्द्र र पारस उक्त श्रृंखलामा सहभागी हुने छैनन् । नेपालले मिश्रित टोलीलाई कतार लिएर जाने तयारी गरिरहेको छ । पारस हाल युएईमा जारी अबु धाबी टि–टेन लिगमा मेन्टरको रुपमा रहेको छन् ।

टि–टेन लिगमा सोमपाल कामी, करण केसी र कुशल मल्ल खेलिरहेका छन् । उनीहरुलाई भने क्यानले सिधै कतार लिएर जाने व्यवस्था मिलाइरहेको छ । नेपालले तीन म्याचको श्रृंखला खेल्नेछ ।

क्यानका क्रिकेट व्यवस्थापक बिनोद दासका अनुसारले ज्ञानेन्द्र र पारस जाने अथवा नजाने बिषयमा केही भन्न चाहेनन् । ट्वान्टी ट्वान्टी श्रृंखला भएको कारण हाम्रो प्राथमिकता युवा खेलाडीहरुलाई मौका दिने रहेको छ । क्यानले यस बिषयमा छिट्टै निर्णय गर्नेछ, दासले भने ।

नेपालले झण्डै एक बर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्न गइरहेको हो । पछिल्लो पटक एसिसि एसिया कप ट्वान्टी ट्वान्टी इस्टन रिजन क्वालिफायरमा सहभागित जनाएको थियो । थाइल्याण्डमा २०२० को मार्चमा भएको उक्त प्रतियोगितामा नेपाल चौथो भएको थियो ।

Click to comment

Trending