अन्तर्राष्ट्रिय

डेब्यु खेलमा करणले एक ओभर मात्र बलिङ गर्न पाए 

Published

on

आबु धाबी टि-१० लिग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली टोलीका तिब्र गतिका बलर करण केसीको डेब्यु सुखद हुन सकेन ।

डेक्कन ग्ल्याडियटर्स विरुद्धको खेलमा करणले एक ओभर मात्र बलिङ गर्ने मौका पाए भने १७ रन खर्चिए । पुणे डेभिल्सका लागि छैठौं ओभर लिएर आएका करणले एक चौका र एक छक्का सहित कुल १७ रन खर्चिएका हुन् । आफ्नो पहिलो र दोश्रो बलमा १-१ रन मात्र खर्चिएका करणले तेश्रो बलमा चौका दिन पुगे ।

त्यस्तै करणको चौथों बलमा एक रन मात्र लिन सके पनि पाँचौं बलमा उनले नो बल गर्न पुगे जसमा क्यामरुन डेलपोर्टले छक्का प्रहार गरे । त्यस पछिको फ्रि हिटमा दुई रन दिएका करणले अन्तिम बलमा फेरी एक रन खर्चिन पुगे ।

त्यस पछिका ओभरमा बलिङ गर्ने मौका पाउन नसकेका करणले एक ओभरमा नै चित्त बुझाउन पर्यो ।

Click to comment

Trending