अन्तर्राष्ट्रिय

टि-१० लिगको पहिलो खेलमा सोमपाल महँगो साबित

Published

on

आबु धाबी टि-१० लिग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका तिब्र गतिका बलर सोमपाल कामी महँगो साबित भएका छन् । नर्थन वारियर्स विरुद्धको खेलमा सोमपालले दुई ओभर बलिङ गर्दै २८ रन खर्चिए भने बिकेट पनि निकाल्न सकेनन् ।

मराठा अरबियन्सको लागि पहिलो ओभर लिएर आएका सोमपालले पहिलो ओभरमा एक छक्का सहित आठ रन खर्चिए भने अन्तिम ओभरमा महँगो हुँदै एक छक्का र दुई चौका सहित कुल २० रन खर्चिन पुगे ।

पहिलो ओभरको दोश्रो बलमा नै फिल्डरले ब्रेन्डन किङको क्याज छुटाउँदा सोमपालको विकेट लिने मौका गुमाउन पर्यो । त्यस पछिको बलमा किङले नै सोमपाललाई छक्का प्रहार गर्न पुगे । सोमपालको पहिलो तथा चौथों, पाँचौं र अन्तिम बलमा किङले कुनै पनि रन लिन सकेनन् ।

सोमपालले आफ्नो दोश्रो ओभरको पहिलो र तेश्रो बलमा चौका तथा छैठौं तथा अन्तिम बलमा छक्का खाएका हुन् ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वारियर्सले पुरै १० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १२७ रन बनायो ।

Click to comment

Trending