Headline

बिभागिय डर्बीमा एपिएफको पुलिस माथी जित, साबित्राको ह्याट्रीक

Published

on

राष्ट्रिय महिला लिग अन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० ले हराउदै एपिएफले शिर्ष स्थानमा बलियो पकड बनाएको छ ।

एपिएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।

खेलमा पहिलो गोल ३२ औँ मिनेटमा साबित्रा भण्डारीले गरिन ।

पुलिसकी कप्तान घिम कुमारी गुरुङले डिबक्स लाईनमा क्लियर गर्न नसकेको बल खोस्दै सावित्राले गोल गरेकी थिइन ।

पहिलो हाफमा १-० ले अगाडि रहेको एपिएफका लागि सबित्राले दोस्रो हाफमा दुई गोल गरिन ।

खेलको ५६ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफले २-० को अग्रता लिएको थियो । उनले डिबक्स बाहिरबाट ३ डिफेन्डरलाई बिट गर्दै गोल गरेकि थिइन ।

त्यसपछि खेलको ८५ औँ मिनेटमा सावित्राले ह्याट्रिक पुरा गर्दै एपीएफलाई ३-० को जित दिलाईन् । सावित्राले पुलिसको डिफेन्डरले गरेको गल्तिको फाइदा उठाउदै गोल गरेकी थिन ।

सावित्राको यो प्रतियोगितामा तेस्रो ह्याट्रिक हो ।

जितसँगै एपीएफले ४ खेलमा १२ अंक जोडेको छ ।  एपीएफ शीर्ष स्थानमा रहेको छ ।  पुलिसको भने यो पहिलो हार हो ।

Click to comment

Trending