Headline

मिडल अर्डरले सम्हालेपछि आर्मीले बागमतीलाई दियो २ सय ३० रनको लक्ष्य

Published

on

मिडल अर्डरले सम्हालेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई २ सय ३० रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

टस जिति पहिलो फिल्डिङ्ग रोजेको बागमतीले १७ रनमै आर्मीको पहिलो तीन विकेट लिएको थियो तर राजेश पुलामी मगरको अद्र्धशतक र अन्य ब्याट्स्म्यानहरुको उल्लेख्य योगदानमा पहिलो संस्करणको संयुक्त उपबिजेताले ५० ओभरमा सबै विकेट गुमाउदै २ सय २९ रन बनायो ।

लोकेश बम (२३) र भिम सार्कीले त्यसपछि ५६ रनको साझेदारी गर्दै आर्मीलाई सम्हाल्ने प्रयास गरेका थिए । आर्मीले त्यसपछि सात रनको अन्तरमै लोकेश र भिमलाई गुमाएको थियो । भिमले ६१ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ४० रन बनाए ।

कप्तान बिनोद भण्डारी पनि १० रनमै पेभिलियन फर्किएपछि झिनो योगफलमै समेटिने खतरामा रहेको आर्मीलाई राजेश र बिक्रम सोबले ९२ रनको शान्दार साझेदारी गरे । बिक्रमले ५८ बलमा तीन चौकाको मद्दतमा ३५ रन बनाए ।

राजेशले ९१ बलको सामना गरेका राजेशले चार चौका र दुई छक्का प्रहार गरेका थिए । सशुन भारीले एक छक्का र एक चौकाको मद्दतमा १६ रन बनाए । बागमतीका लागि गौतम केसीले १० ओभरमा ६१ रन खर्चदै पाँच विकेट लिएका थिए ।

रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र बिपिन आचार्यले पनि एक–एक विकेट लिएका थिए ।

Click to comment

Trending