Headline

वालिङको पहिलो जित, विदेशी खेलाडी रुथको डबल ह्याट्रीक

Published

on

राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० ले हराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विदेशी खेलाडी मेथो रुथले डबल ह्याट्रीक गरिन । मनमया दमाई र इवानिक नोएल्ले र सम्झना शर्मा एक-एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो ।

जितसँगै लिगमा वालिङ ५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

पुछारमा रहेको चौदण्डीगढिले अंक जोड्न सकेको छैन ।

Click to comment

Trending