Headline

मेस्सीले पुनरागमनमा गोल गरेपछि बार्सा क्वार्टर–फाइनलमा

Published

on

दुई म्याचको प्रतिबन्धपछि मैदान फर्किएका लियोनल मेस्सीको बार्सिलोनाको लागि पुनरागमन शुखद भएको छ । बुधबार राति भएको कोपा डेल रे अन्तर्गत रायो भालेकानोबिरुद्धको खेलमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पुनरागमन जित हात पार्यो ।

रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड प्रतियोगिताबाट पहिले नै बाहिरिसक्दा फ्रान गार्सियाले ६३ औं मिनेटमा गोल गरेपछि कोपा डेल रे अर्को सनसनीपूर्ण नतिजाको लागि तैयार देखिएको थियो । तर मेस्सीले ६ मिनेटपछि नै अर्को गोल गर्दै बार्सालाई खेलमा फर्काए ।

एन्टोइन ग्रिजमनको पासमा ट्याप गर्दै मेस्सीले बराबरी गोल गरेका थिए । मेस्सीकै थ्रु पासमा जोर्डी आल्बाले फ्रेंकी डि जोँगलाई बिजयी गोलको लागि अवसर मिलाइदिएपछि बार्साले अर्को अनपेक्षित हार टारेको थियो । बार्सा स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिक बिल्बाओसँग पराजित भएको थियो ।

बिल्बाओसँगको हारका दौरान नै मेस्सीले आफूमाथि नियन्त्रण गुमाउदै बिपक्षी खेलाडीमाथि प्रहार गर्दा उनले सोझै रातो कार्ड पाएका थिए । बार्सिलोना करिअरकै त्यो पहिलो रेड कार्डका कारण मेस्सीलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो ।

कोपा डेल रे अन्तर्गत अन्य अन्तिम १६ का खेलहरुमा सेभियाले भ्यालेन्सियालाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो । तीन वटै गोल पहिलो हाफमा भएका थिए । सेभियाका लागि लुका डि जोँगले दुई र इभान राकिटिचले एक गोल गरेका थिए ।

रियल बेटिस, भिलारियाल र लेभान्ते पनि आ–आफ्नो खेल जित्दै प्रतियोगिताको क्वार्टर–फाइनलमा प्रवेश गरेका छन् ।

Click to comment

Trending