Headline

……..त्यसपछि शरद मज्जाले हासे

Published

on

खेल समाप्तिपछि हुने पोस्ट म्याच कन्फेरेन्समा राष्ट्रिय टोलीका क्रिकेटर शरद भेषावकरले दिने गरेको उत्तर सटिक हुने गर्छन् । उनी टु द पोइन्ट कुरा गर्छन् र बिषयबाट कहिल्यै टाढा हुदैनन् ।

नियमित ध्यान गर्ने गरेका शरद अध्यात्ममा बिश्वास गर्ने खेलाडीहरुमा पर्छन् । त्यसैको प्रभाव उनले गर्ने अन्तकृयाहरुमा पनि देखिन्छ । बुधबार शरदको नेपाल एपिएफ क्लबले डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लबलाई ३० रनले हराउदै दोश्रो पटक प्रधानमन्त्री कपको फाइनल यात्रा तय गर्यो ।

घरेलु फ्रान्चाइज ट्वान्टी ट्वान्टी क्रिकेटका सबैभन्दा सफल कप्तान शरदको कप्तानीमा एपिएफ टोली संगठित देखिएको छ ।

बुधबार खेलपछिको नियमित पोस्ट म्याच कन्फेरेन्समा शरद सबैभन्दा अन्तिममा बोल्ने व्यक्ति थिए । सबै प्रश्नको उत्तर सटिक रुपमा दिइरहेका शरद एक प्रश्नमा भने मज्जाले हासे । खेलको ३६ औं ओभरको बारे गरिएको प्रश्नमा शरद खित्का छोडेरै हाँसेका थिए । शायद उनले त्यो प्रश्नको अपेक्षा गरेका थिएनन् ।

३६ औं ओभरको तेश्रो बलमा पुलिसका रसिद खानले प्रहार गरेको बल शरदतर्फ रिटर्न क्याचका लागि गएको थियो । नन स्ट्राइकरमा रहेका पवन शर्राफ केही अगाडी बढेकाले शरदले क्याच लिन खोज्दा पवनले अन्जानमै उनलाई छेक्न पुगे । क्याच लिन नसक्दा शरद केही हतास देखिए र रिसाएको जस्तो पनि, तर त्यसलाई शरदले निकै राम्रो ढँगले पत्रकारहरुलाई ब्याख्या गरे ।

“त्यो (क्याच लिन नसकेको क्षण्) मा अलि निराश भएको थिए तर त्यो २–३ सेकेण्डको कुरा मात्रै थियो । पवनले पनि त्यो जानी–जानी गरेको थिएन । यो खेलको एक हिस्सा मात्रै थियो । उनले सरी पनि भने मैले पनि खुरु–खुरु आएर त्यसलाई इस्यु बनाइन,” त्यो क्षणमा आफ्नो प्रतिकृयाको बारेमा सोध्दा शरदले भने ।

“एकछिन झनक्क भएन” भनेर सोध्दा शरदले “होइन.. अब” भन्दै मज्जाले हास्न थाले । “त्यो त भइहाल्छ । यो खेल न हो । यो गेम हो भनेर म बुझ्छु । मैले क्याच लिने प्रयास पनि गरे तर हातमा लागेर गयो । उसले पनि जानी–जानी त गरेको थिएन,” उनले अन्त्यमा भने ।

उक्त क्षणको भिडियो हेर्न क्लिक गर्नुहोलाः

Click to comment

Trending