Headline

बिराटनगरको पहिलो जितमा कुसुमको ह्याट्रीक

Published

on

राष्ट्रिय महिला लिग अन्तर्गत आज भएको खेलमा चन्द्रपुर नगरपालिका, रौटहटलाई ५-० गोल अन्तरले पराजित गर्दै विराटनगर महानगरपालिकाले पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक गरिन् भने अनु राई र सरिता शेर्पाले एक एक गोल गरेकी थिइन ।

खेलमा पहिली गोल कुसुमले खेलको १२ औं मिनेटमा गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् । कुसुमले काउन्टर अट्याकमा गोलरक्षक युनिशा राईसँगको वान भर्सेस वानको स्थितिमा गोल गरेकि थिइन ।

खेलको ३२ औं मिनेटमा विराटनगरले दोस्रो गोल गर्यो । मिडफिल्डर अनुले चन्द्रपुरकी गोलरक्षक युनिशा अगाढी बढेको फाइदा उठाउदै उनले चिप गोल गरेकि थिइन ।

दोस्रो हाफमा विराटनगरले थप तीन गोल गर्यो । खेलको ५६ औं मिनेटमा डिफेन्डर सरिता शेर्पाले गोल गर्दै विराटनगरलाई  ३-० को स्थितीमा पुर्याइन ।

खेलको ६९ औं मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ४-० को अग्रता दिलाईन् ।  त्यसपछि खेलको ७५ औं मिनेटमा कुसुमले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गरिन । कुसुमको ह्याट्रीकसँगै बिराटनगरले चन्द्रपुरलाई ५-० ले हरायो ।

प्रतियोगितामा पहिलो जित निकालेसँगै विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ ।

Click to comment

Trending