Headline

एपिएफले पुलिसलाई दियो २ सय ४ रनको चुनौतिपुर्ण लक्ष्य, आरिफ घाइते

Published

on

नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लबलाई २ सय ४ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो फिल्डिङ्ग गरेको पुलिसले आरिफ शेखको उत्कृष्ट शुरुवाती स्पेलको सहयोगमा एपिएफलाई ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३ रनमै रोकेको थियो । आरिफले तीन विकेट लिएपछि पहिलो चार विकेट ४३ रनमै गुमाएको एपिएफलाई मिडल अर्डर र लोवर मिडल अर्डरले सम्हालेपछि सम्मानजनक योगफलतर्फ पुगेको थियो ।

संकटमा रहेको एपिएफलाई शंकर राना र सन्दिप जोराले ६४ रनको साझेदारी गर्दै सम्हालेका थिए । प्रतियोगितामा एपिएफ संकटमा रहदा टिमको ब्याटिङ्ग सम्हालेका जोराले ४३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३४ रन बनाए ।

शंकर र अमर सिँह रौटेला (४) आउट भएरपछि १ सय ४४ रनमा ७ विकेट गुमाएको एपिएफलाई भुवन कार्कीले आठौं विकेटका लागि कमल सिँह ऐरि (१९) सँग ३८ रनको साझेदारी गर्दै २ सय रन नजिक पुर्याए । भुवनले ५६ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४२ रन बनाए ।

एपिएफका लागि शंकरले ९६ बलमा ४४ रन जोडेका थिए । उनको इनिङ्गसमा चार चौका सामेल थियो । पुलिसका लागि लक्ष्य किन पनि चुनौतिपूर्ण बन्न पुगेको छ भने आरिफ शेख मैदानमा फिल्डिङ्ग दौराना घाइते भएपछि उ १० जना ब्या्स्म्यान लिएर मात्र खेल्न पाउनेछ ।

आरिफलाई मेदानबाटै हस्पिटल लगिएको छ । उनको गोलीगाँठो नराम्ररी सुन्निएको देखिएको थियो । लगातार १० ओभर बलिङ्ग गरेका आरिफले ३१ रन खर्चदै तीन विकेट लिए । यस्तै दिपेन्द्र सिँह ऐरि र ललित नारायण राजबंशीले पनि दुई–दुई विकेट लिएका थिए ।

Click to comment

Trending