Headline

प्रिमियर लिगमा सिटी यो सिजन पहिलो पटक शिर्षमा उक्लियो

Published

on

म्यानचेस्टर सिटी वेष्ट ब्रोमलाई उसकै घरमा ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै इङ्गलिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

अनपेक्षित बनेको यो सिजनको प्रिमियर लिगमा अर्को सनसनी थप्दै सिटी यो सिजन पहिलो पटक शिर्ष स्थानमा उक्लिएको हो । समान १९ खेलपछि सिटीले शहरी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडमाथि एक अंकको अग्रता बनाएको छ । लेस्टर सिटी ३८ अंकका साथ तीन अंकले पछि रहेको छ भने एक खेल बढी खेलेको वेष्ट ह्यामको ३५ अंक छ ।

दुई हप्ता अघि मात्रै शिर्ष स्थानमा रहेको लिभरपुल १९ खेलबाट ३४ अंकका साथ पाचौं र टोेटेन्ह्याम हट्स्पर १८ खेलमा ३३ अंक बटुल्दै छैटौं स्थानमा छ । यो सिजन चेल्सी, लेस्टर, लिभरपुल, म्यानचेस्टर युनाइटेड र अब सिटी सबैले शिर्ष स्थानमा आगेटिसकेका छन् ।

युरोपको कुनै पनि शिर्ष पाँच डिभिजनका टोलीहरुले वेष्ट ब्रोमले जति घरेलु मैदानमा गोल खाएको छैन । र मङ्गलवार सिटीको आक्रमक खेलले उसलाई ध्वस्त नै पारेको थियो ।

सिटीको जितमा इके गुन्डोगानले दुई गोल गरे भने क्यान्सेलो, रियाद माह्रेज र रहिम स्टर्लिङ्गले १–१ गोल थपेका थिए । हारपछि वेष्ट ब्रोम ११ अंकका साथ रेलिगेसन जोनमै रहेको छ । पुछारमा रहेको सेफिल्ड युनाइटेडको पाँच अंक छ । फुल्ह्यामको १२ र रेलिगेसन जोनबाट एक स्थानमा माथि रहेको ब्राइटनको १७ अंक छ ।

मङ्गलवार नै भएको अर्को खेलमा आर्सनलले आफ्नो प्रिमियर लिग पुनरागमनलाई कायम राख्दै साउथ्याम्प्टनमाथि ३–१ को जित दर्ता गर्यो । एक समय १४ औं स्थनमा रहेको आर्सनल अहिले ३० अंकका साथ आठौं स्थानमा उक्लिएको छ । आर्सनलको जितमा निकोलस पेपे, बुकायो साका र एलेक्जेन्डे« लाकाजेटले गोल गरेका थिए ।

वेष्ट ह्याम क्रिष्टल प्यालेसलाई ३–२ ले पराजित गर्दै चौथो स्थानमा उक्लिएको हो । लामो समयपछि वेष्ट ह्याम आधा सिजन समाप्त हुँदा प्रिमियर लिगको अंक तालिकाको यति माथि आइपुगेको हो ।

अर्को खेलमा लिड्स युनाइटेडले न्युकासललाई २–१ ले हरायो । लिड्स १२ औं स्थानमा छ । ३० अंक रहेको आर्सनलको पछाडी एस्टन भिल्ला, चेल्सी, साउथ्याम्प्टन सबैको २९ अंक छ ।

Click to comment

Trending