Headline

रियल र बार्सिलोना अझै पनि सर्वाधिक आम्दानी गर्ने क्लबको सुचिमा कायम

Published

on

डेलोइट मनि लिग एउटा यस्तो सुचि हो जसलाई हरेक सिजन फुटबल आबद्धहरुले ध्यान दिएर हेर्ने गरेका हुन्छन् । संसारमा रहेका फुटबल क्लबहरुको आम्दानीको प्रोफाइलिङ्ग गर्ने डेलोइट मनि लिगको सुचिलाई धेरैले आधिकारिक रुपमा लिने गरेका छन् ।

गत सिजन कोरोना भाइरसले क्लबहरुलाई आर्थिक रुपमा कसरी प्रभावित गर्यो भन्ने हेर्नका लागि नै डेलोइट मनि लिगको यो बर्षको सुचिलाई धेरैले कुरेर बसेका थिए र यसले नयाँ सुचि मङ्गलवार नै सार्वजनिक गर्यो ।

डेलोइटले निकालेको ताजा सुचिमा रुसी क्लब जेनिट सेन्ट पिटरसबर्ग एक मात्र यस्तो क्लब हो जसले २०१८–१९ को सिजनको तुलनामा रेभिन्यु बढाएको छ । उ एक मात्र क्लब हो ।

बार्सिलोना र रियल म्याड्रिड धनी क्लबहरुको सुचीमा पहिलो र दोश्रो स्थानमा कायम नै रहेका छन् । बार्साले ८ सय ५८ दशमलव ७ मिलियन डलरको रेभिन्यु बटुलेको छ भने रियलले ८ सय ५८ दशमलव ६ । बार्सामात्र ० दशमलव १ मिलियन डलरले रियलभन्दा अघि रहेको हो ।

जर्मन महारथी बायर्न म्युनिख ७ सय ६१ दशमलव ४ मिलियन डलरसहित सुचिको तेश्रो स्थानमा छ ।

इङ्गलिस प्रिमियर लिग म्यानचेस्ट युनाइेटड एक स्थान तल खस्कदै चौथो स्थानमा झरेको छ । उसको रेभिन्यु ६ सय ९७ मिलियन डलर रहेको छ भने कट्टर प्रतिद्वन्दी लिभरपुल भन्दा केही अगाडी मात्रै रहेको छ । दुई स्थान माथि उक्लदै पाचौंमा आएको लिभरपुलको रेभिन्यु ६ सय ७१ मिलियन रह्यो ।

लिभरपुल २० बर्षमा पहिलो पटक सबैभन्दा बढी रेभिन्यु बटुल्ने क्लबहरुको सचिमा पाचौं स्थानमा आइपुगेको हो । म्यानचेस्टर सिटी छैटौं, चेल्सी आठौं, टोटेन्ह्याम नवौं र आर्सनल ११ औं स्थानमा छ ।

म्याच डेको समयमा दर्शकको टिकटबाट पैसा नउठ्नुका साथै प्रशारण अधिकारबाट प्राप्त हुने रेभिन्युमा भएको कमीका कारण यो अवस्था अर्को सिजन अझै खस्कने लगभग पक्का नै छ ।

Click to comment

Trending